२० कार्तिक २०८३, बिहीबार

भारत सरकारको सहयोगमा काभ्रेमा पुनर्निर्माण भएका ६ वटै विद्यालयको सयुक्त उद्घाटन

एसीपी संवाददाता

१४ आश्विन २०७८, बिहीबार ०२:२६ मा प्रकाशित

१४ गते असोज २०७८ बिहीबार । एका तिर भारत बिरोधि प्रचार गरि रहेका केही कम्युनिस्ट पार्टीहरुको बेवास्ता गर्दै नेपाली जनता र विद्यार्थीहरुका लागि भारत सरकारको आर्थिक सहयोग जारी रहेको छ । अहिले भारतकै सहयोगमा पुनर्निर्माण भएका काभ्रेका ६ वटा विद्यालय भवनको संयुक्त उद्घाटन गरिएको हो ।

भारत सरकारले काभ्रेका १० वटा विद्यालय पुनर्निर्माणको जिम्मा लिएको थियो । जसमध्ये ६ वटा निर्माण सम्पन्न भएका छन् भने २ वटा विद्यायल पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दुई वटा विद्यालय भवन पुनर्निर्माण भर्खरै सुरु भएको छ । भारत सरकारले यश अघि पनि विभिन्न परियोजनाहरुमा लगानी गर्दै आएको छ । ध्यान दिने कुरा के छ भने भारत सरकारले आर्थिक सहयोगको रूपमा प्रदान गरेको हो ।

भारत सरकारको आर्थिक अनुदानमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले निर्माण गरेका काभ्रेपलाञ्चोकका ६ वटा विद्यालय भवनहरूको संयुक्त उद्घाटन विद्यार्थीहरु खुसि भएका छन ।
काभ्रेमा पुनःनिर्माण सम्पन्न भएका ६ वटा विद्यालय भवनहरूको बुधवार भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तव, काभ्रेपलाञ्चोक–२ का प्रतिनिधि सभा सदस्य गोकुल प्रसाद बाँसकोटा, काभ्रेपलाञ्चोक–१ का प्रतिनिधि सभा सदस्य गङ्गा बहादुर तामाङ्ग र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य ध्रुव प्रसाद शर्माले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

करिब साढे १९ करोड रुपैयाँभन्दा बढीको लागतमा बनेपा नगरपालिकाको आजाद माध्यामिक विद्यालय, पाँचखाल नगरपालिकाको श्री आजाद मध्यामिक विद्यालय, दुग्धेश्वर माध्यामिक विद्यालय र भगवति माध्यामिक विद्यालय तथा चौरीदेउराली गाउँपालिकाको खाँडादेवी माध्यामिक विद्यालय र पनौती नगरपालिकाको शारदा माध्यामिक विद्यालयको उद्घाटन गरिएको हो।
विद्यालयको उद्घाटन गर्दै प्रतिनिधि सभा सदस्य गोकुल प्रसाद बाँस्कोटाले भुकम्पपछि नेपाललाई भारत सरकारले निकै सहयोग गरेको भन्दै भारत सरकारप्रति नेपाली जनताको तर्फबाट धन्यवाद व्यक्त गरे। उनले नेपाल र भारतबीचको सम्बन्ध बहुआयामिक भएको उल्लेख गरे ।

भुकम्पले क्षति पु¥याएका नेपालका आठ जिल्लाहरू गोरखा, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, धादिङ्ग र काठमाडौंका शैक्षिक संस्थाहरू पुननिर्माणका लागि भारत सरकारले ५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग प्रदान गर्ने प्रतिवद्धता अनुसार सो विद्यालयहरू पुननिर्माण भएको भारतीय राजदूतावासले जनाएको छ।

विद्यालय भवन उद्घाटन गर्दै भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखाका संयुक्त सचिव अनुराग श्रीवास्तवले नेपालको आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक धरोहर संरक्षणका लागि भारत सरकारले सहयोग गर्दै आएको बताए। नेपाल भारतको घनिष्ठ मित्र भएको उल्लेख गर्दै उनले आगामी दिनमा पनि नेपाललाई हमेसा साथ दिन तयार रहेको प्रतिवद्धता व्यक्त गरे।

त्यसैगरी २०७२ सालकै भूकम्पबाट क्षतिग्रस्त पनौती नगरपालिकास्थित खोपासी प्राथमिक उपचार केन्द्रको पनि भारत सरकारको अनुदान सहयोगमा पुनःनिर्माण हुनेगरी भवन शिलान्यास गरिएको हो ।

भवन हस्तान्तरण कार्यक्रममा पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले विद्यालय पुनर्निर्माणका लागि भारत सरकारले गरेको सहयोगप्रति जनताको तर्फबाट आभार व्यक्त गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x