८ कार्तिक २०८१, बिहीबार

भ्रष्टाचार गर्ने र त्यसलाई जस्टीफाई गर्ने दलका,नेताहरु

एसीपी संवाददाता

१४ असार २०८१, बिहीबार १४:२२ मा प्रकाशित

  हाकाहाकी भ्रष्टाचार गर्ने र त्यसलाई जस्टीफाई गर्ने दलका,नेताहरु र आफ्नो पार्टीले जस्तो सुकै ठुलो भ्रष्टाचार वा देश बिरोधी सन्धि सम्झौता गरेपनि चुइक्क नबोल्ने झोले र लोभी कार्यकर्ता रहे सम्म यो देश कहिल्यै समृद्ध बन्दैन।
मलाई लाग्छ आज युवाहरुलाई देश छाडन बाध्य गराइएको छ।उनीहरुमा यो देश प्रति निराशाको भाव जगाउनमा पनि यिनै दलका नेताहरुको षडयन्त्र हो।आज १२ पास गरेका बिधार्थीहरु देशमा आफ्नो भबिष्य हेरिरहेका छैनन।खेत बाझा छन किसानले खेतीमा भबिष्य हरिरहेका छैनन।ब्यवसायीले ब्यवसायमा, कर्मचारीले कर्ममा,खेलाडीले खेलमा,पत्रकारले पत्रकारितामा,ईमानदार कार्यकर्ताहरुले राजनितिमा चारैतिर निराशा नै निराशा छ।
गाउघरमा बुढा र महिला बाहेकका युवा दुर्लभ छन।जब परिवर्तनका बाहक मजदुर,किसान,युवा र बिधार्थी नै देशमा रहन्नन भने परिवर्तनको लागि रोडमा आवाज लगाउने कस्ले ? शायद तेहि भएर होला यि नेताहरुले निति नै युवाहरुलाई बिदेश पठाउ र आफु यहा मौज गर्ने बनाए का छन। आज देशमा युवाका नाममा दलका भक्त र झोलेहरु मात्र छन। समाजसेवी , ब्यापारी ललित रौनियार को समाजिक संजाल बाट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x