अविरल वर्षाको कहर: बाँकेको सिधनिया घाटस्थित राप्ती नदीमा बढ्यो पानीको बहाव
नेपालगन्ज, असोज ९ — हिजो देखि लगातार भइरहेको वर्षाका कारण बाँके जिल्लाको सिधनिया घाटस्थित राप्ती नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ। नदीमा जलस्तर बढेसँगै राप्ती नदी आसपासका तटीय क्षेत्र तथा डुबानको जोखिममा रहेका बस्तीहरूमा त्रास फैलिएको छ।
हिजोदेखि नै भइरहेको अविरल वर्षाका कारण नदीको बहाव खतराको तह नजिक पुगेको स्थानीय प्रशासनले जनाएको छ। नदीको सतह बढ्दै गएपछि सिधनिया घाट आसपास र तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासन तथा सुरक्षा निकायले अनुरोध गरेका छन्।
जल तथा मौसम विज्ञान विभागले पनि वर्षा अझै केही दिन जारी रहन सक्ने र नदीको जलस्तर थप बढ्न सक्ने चेतावनी दिएको छ। नदी किनारका बासिन्दाहरूलाई नदीतर्फ नजान, सुरक्षित स्थानमा रहन र सतर्कता अपनाउन आग्रह गर्दै सुरक्षाकर्मीहरूलाई समेत तयारी अवस्थामा राखिएको छ।
संभावित जोखिमबाट बच्न नदी आसपासका बासिन्दालगायत सबैलाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।



