९ आश्विन २०८३, शुक्रबार

नेपालगञ्जमा नाबालक माथि सांघातिक आक्रमण: टाउकोमा गम्भीर चोट, दोषीलाई कारबाहीको माग

एसीपी संवाददाता

९ आश्विन २०८३, शुक्रबार २२:४२ मा प्रकाशित

नेपालगञ्ज, असोज ८ (बिहिबार) — नेपालगञ्जको सदरलाइनमा १६ वर्षीय अटो चालक सुमित बानियामाथि भएको सांघातिक आक्रमणमा उनको टाउकोको पछाडिल्लो भागमा गम्भीर चोट लागेको छ।

अपाङ्गता भएका आमाबुवाको पालनपोषणका लागि अटो चलाएर जीविका चलाउँदै आएका सुमित सदरलाइन क्षेत्रमा आफ्नै बाटोमा हिँडिरहेका बेला दुईजना अराजक युवकले मोटरसाइकलमा आएर उनलाई गालीगलौज गर्दै ज्यानै लिने उद्देश्यले आक्रमण गरेका थिए।

सोही आक्रमणका क्रममा टाउकोको पछाडि गहिरो चोट लागि गम्भीर घाइते भएका सुमितलाई घटनालगत्तै स्थानीय बासिन्दाहरूले उद्धार गरी नेपालगञ्जस्थित संजीवनी मेडिकल कलेज अफ साइन्स (नर्सिङ होम) मा भर्ना गरेका हुन्।अहिले उनको सोही अस्पतालमा उपचार भइरहेको छ।

अपाङ्ग आमाबुवाको एकमात्र सहारा र परिवारको छाक टार्ने माध्यम बनेका एक नाबालकमाथि भएको यो अमानवीय र जघन्य आक्रमणप्रति स्थानीय बासिन्दाले तीब्र आक्रोश व्यक्त गरेका छन्। घटनामा संलग्न दोषीहरूलाई कडाभन्दा कडा कानुनी कारबाही गर्न परिवारका सदस्यहरूले जोडदार माग गरेका छन्।

04d247bb-82d9-420a-8e46-fc5359624813 9603b634-6a37-4065-9ee8-7aea8091533f

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x