मक्का शरीफमा चिसोका बाउजुद उमराह गर्न आउनेको घुइँचो
अरशद शेष राई माघ ११ गते साउदी /
केही दिन यता देखि परेको अत्यधिक चिसोका बाउजुद पनि रातीको समयमा उमराह गर्न आउनेहरुको मक्कामा घुइँचो देखिएको छ ।
मक्का मदिनामा यता केही दिन देखि साँझाको समयमा चलेको चिसो हावाका कारण बिहान र साँझा देखि नै अत्याधिक चिसो बढनुका बाउजुद पनि साउदी अरबको विभिन्न ठाँउबाट उमराह गर्न मक्का आउनेहरुमा कमी देखिएको छैन ।
साउदी अरबियाको शहर मक्कामा रहेको मस्जिदुल हराम मक्का मुर्करमा बैतुल्लाह शरीफमा राती खानें काबाको `तवाफ´ अर्थाथ फेरा लिदैं उमराह गर्न आएका हाजींहरुको घुइँचो देखिएको हो ।
मुस्लिम धर्मावलम्बीहरुले उमराह गर्न खांने कांबाको ७ फेरा `तवाफ` पूरा गरेपछि शफा मर्वाहको ७ फेरा `तवाफ` गरेपछि मात्र उमराह पूरा हुनें कुरा मुस्लिम बिद्वान मैलाना अमीर खाँनले बताए । हज जस्तै उमराह गर्दा पनि `एहराम` अर्थात् पुरै सेतो कपडाको स्तिथिमा हुनु पर्ने कुरा पनि खाँनले बताउनु भयो ।
उमराह गर्नलाई कुनै समय दिन हुँदैन उमराह जति बेला पनि गर्न सकिन्छ । हज जस्तो यसको कुनै समय तोकिएको छैन । उमराह अरबी महिना मोहरर्म देखि सुरु भई रमजान महिना सम्म खुल्ला गरिएको हुन्छ । आठ माहिना सम्म बिश्व जगतबाट लाखैं तिर्थ यात्रीहरुको उमराह गर्न साउदी अरबको मक्का मदिना आउने क्रम चलिरहेको हुन्छ । उमराह गर्न आउने हाजीहरु अल्लाहको मेहमान हुन उनीहरु अल्लहको अक्दमै नजिक हुन्छन् भन्ने कुरा मुस्लिम बिद्वानहरु बताउँछन् ।
इस्लाम धर्मावलम्बीहरुको सबै भन्दा ठूलो तिर्थ पबित्र स्थल मध्ये एक हो मक्का मदिना । बिश्व जगतबाट लाखौं मुस्लिम धर्मावलम्बीहरु हरेक दिन उमराह गर्न मक्का र इस्लाम धर्मका पर्बकता हजरत मोहम्मद मुस्ताफा सल्लाहु अलैहे वसल्लमको (रौंजा )कबर मुबारक रहेको ठाँउ मदिनामा रहेको मस्जिदे नब्वी हरम शरीफमा नमाज पढ्ने दुआ प्रथाना गर्ने हजरत मोहम्मद मुस्ताफा सल्लाहु अलैहे वसल्लमको (रौंजा )कबर मुबारकको जियारत ´दर्शन`गर्ने गर्छन् ।
तस्बिर/फिचर : अरशद शेष राई







