सरकारले खारेज गर्यो १२ ट्रेड युनियनको दर्ता
सरकारले १२ वटा ट्रेड युनियनको दर्ता खारेज गरेको छ। खारेज गरिएका युनियनमध्ये ८ वटा निजामती कर्मचारीसँग सम्बन्धित छन् भने ४ वटा स्वास्थ्यकर्मीका युनियन रहेका छन्।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले उक्त निर्णय गरेको हो। विभागका अनुसार, संवत् २०८३ सालको अध्यादेश नं. ०७ ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश’ का आधारमा पञ्जिकाधिकारीको वैशाख २३ गतेको निर्णयबाट ती युनियनहरू खारेज गरिएका हुन्।
विभागका प्रवक्ता इन्जिनियर मणिनाथ गोपले विभागमा दर्ता भई सक्रिय रहेका राष्ट्रियस्तरका निजामती कर्मचारी तथा स्वास्थ्य सेवा क्षेत्रका ट्रेड युनियनहरूको दर्ता खारेज गरिएको जानकारी दिए।
दर्ता खारेज भएका निजामती कर्मचारीसम्बन्धी युनियनहरू:
१. नेपाल निजामती कर्मचारी संगठन
२. नेपाल निजामती कर्मचारी युनियन
३. नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन
४. नेपाल मधेशी निजामती कर्मचारी मञ्च
५. एकीकृत सरकारी कर्मचारी संगठन, नेपाल
६. स्वतन्त्र राष्ट्रसेवक कर्मचारी संगठन, नेपाल
स्वास्थ्यकर्मीसम्बन्धी युनियनहरू:
१. नेपाल स्वास्थ्यकर्मी संघ
२. मधेशी स्वास्थ्यकर्मी फोरम नेपाल
३. नेपाल स्वास्थ्यकर्मी युनियन (दर्ता नं. ३६०)
४. स्वास्थ्यकर्मी युनियन नेपाल (दर्ता नं. ३६१)
५. राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल (दर्ता नं. ३६४)
६. राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी संगठन (दर्ता नं. ५५२) नागरिक न्युज



