२९ आश्विन २०८३, बिहीबार

महन्त ठाकुरका कारण रेशम चौधरी जेल बाहिर आउदै ;लक्ष्मण थारु पनि सार्बजनिक हुने

एसीपी संवाददाता

१८ जेष्ठ २०७८, मंगलवार १५:५८ मा प्रकाशित

काठमाडौं । जसपा अध्यक्ष महन्थ ठाकुरको पहलमा सरकारले थरुहट समुदायका माग सम्बोधनका लागि पनि पहलकदमी लिएको छ । मधेसका माग सम्बोधनमा तदारुकता देखाएको सरकारले अब थरुहटका माग सम्बोधनमा पनि अग्रसरता लिएको हो । एमालेसँग मुद्दा तथा सत्ता सहकार्य गरिरहेको जसपाको पहलमा सरकारले धमाधम माग सम्बोधन कार्यलाई अगाडि बढाएको छ ।

यसैक्रममा मंगलवार थारुहट थारुवान संयुक्त संघर्ष समितिसँग ६ बुँदे सहमति गरेको छ । टीकापुर घटनाका आरोपित माथि चलाइएको मुद्दा फिर्ता र रिहाईका लागि पहल गर्ने, थरुहट आन्दोलनका बेला घाइते भएकालाई राहत उपलब्ध गराउने लगायतका विषयमा सहमति भएको हो । रेशम चौधरी र लक्ष्मण चौधरीलाई पनि रिहाइका लागि पहल गर्ने सहमति भएको छ ।

‘थरुहट/थारुवान आन्दोलनका क्रममा टीकापुरमा भाको दु:खद् घटनामा आरोपी धनीराम चौधरी, रेशमलाल चौधरी र लक्ष्मण चौधरी लगायत माथि लगाइएको सम्पूर्ण मुद्दा फिर्ता र रिहाइका लागि संविधान र कानुनसम्मत पहल गर्ने,’ सहमति पत्रमा भनिएको छ ।

थरुहट आन्दोलनका शहीद परिवारको उचित व्यवस्थापन गर्ने, घाइतेहरुको उपचार गर्ने र आन्दोलनका क्रममा विभिन्न स्थानमा भएको धनजनको क्षतिको छानविन र मूल्यांकन गरी क्षतिपूर्ति उपलब्ध गराउने प्रकिया अघि बढाउने सहमति भएको छ ।

यस्तै, सर्वोच्च अदालतको फैसला अनुसार राज्यका हरेक तहमा थारुहरुको आरक्षणको व्यवस्था गर्ने सहमति भएको पत्रमा उल्लेख छ ।

संविधान संशोधन गर्ने पनि सहमतिपत्रमा उल्लेख गरिएको छ । ‘विगतमा नेपाल सरकार र थारु समुदाय बिचमा भएका सहमतिहरुका विषयमा संविधान संशोधनका क्रममा छलफल गरी सहमतिका साथ उपयुक्त निर्णय गरिनेछ,’ सहमति पत्रमा भनिएको छ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठ र थारुहट/थारुवान संयुक्त संघर्ष समितिका रुकमिणी चौधरीसहितको वार्ता टोलीले ६ बुँदे सहमति गरेको हो ।

मधेसका साथै थारुका मुद्दा पनि समाधान हुने भएपछि जसपाको उपेन्द्र यादव समूह भने थप चिन्तित बनेको छ । सो समूहले मधेसका मुद्दा जस्तै थरुहट मुद्दा सम्बोधन हुन नदिन बिच बिचमा भाँजो हालेको थियो । मुद्दा सम्बोधनमा लाग्दा प्रतिगमनतिर लाग्यो भनेर स्पिष्टीकरण सोध्ने र मुद्दा सम्बोधनमा हतोत्साहित गर्ने काम गरेका थिए ।नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x