४ आश्विन २०८३, आईतवार

महिलाहरूबीचको ‘वाइवाइ मिसेस नेपाल वर्ल्ड’ को फाइनल प्रतियोगिता

एसीपी संवाददाता

१६ पुष २०७८, शुक्रबार १२:१६ मा प्रकाशित

 

facebook sharing button
twitter sharing button
messenger sharing button
whatsapp sharing buttonprint sharing buttonविवाहित महिलाहरूबीचको ‘वाइवाइ मिसेस नेपाल वर्ल्ड’ को फाइनल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ।
शनिबार राजधानीको सुन्धारास्थित आर्मी अफिसर्स क्लबमा आयोजन हुने सौन्दर्य प्रतियोगिताबाट देशले ‘वाइवाइ मिसेस नेपाल वर्ल्ड २०२१’ पाउने भएको छ।

 

रिबन इन्टरटेनमेन्टको आयोजना तथा कि एडभरटाइजिङको मार्केटिङ सहकार्यमा हुने प्रतियोगितामा मिसेस नेपाल इंटरनेसनल र एमएस इंटरनेसनल उपाधि विजेताको पनि घोषणा गरिनेछ।

यसबाहेक मिसेस नेपाल वल्र्ड फस्ट रनर्सअप, मिसेस नेपाल वल्र्ड सेकेण्ड रनर्सअप, मिसेस नेपाल वल्र्ड थर्ड रनर्सअप, बेस्ट स्माइल, वेस्ट हेयर, वेस्ट ¥याम्पवाक, लेडी विथ कम्प्यासन, मस्ट इंन्टलिजेन्ट, मस्ट डिसिप्लेन्ड, कन्जीनियालिटी, मस्ट फोटोजेनिक, वेस्ट पर्सनालिटी, पब्लिक च्वाइस अवार्ड, भ्यूअर्स च्वाइस, मस्ट व्युटिफल, मस्ट ट्यालेन्टेड, मिसेस टुरिजम एम्बेस्डर, मस्ट कन्फिडेन्ट, मस्ट क्रियटिभ, मिसेस बोल्ड र म्यानेजमेन्ट च्वाइस अवार्ड उपउपाधिमा समेत विजेता घोषणा गरिनेछ।

विभिन्न मनोरञ्जनात्मक प्रस्तुतिका साथ अश्विनीकान्त झाको कोरियोग्राफी र सञ्चालनमा हुने कार्यक्रममा तीन दशकभन्दा लामो समयदेखि जीवन्त अभिनय र नृत्यकलाबाट लोकप्रियता कमाउँदै आएकी ख्यातिप्राप्त अभिनेत्री गौरी मल्ललाई क्राउन पहिराएर मानार्थ एमएस नेपाल उपाधिबाट सम्मान गरिनेछ।

यसअघि मिसेस नेपालको मञ्चमा रिवन इन्टरटेनमेन्टले अभिनेत्री करिश्मा मानन्धरलाई मानार्थ मिसेस नेपाल उपाधिबाट सम्मान गरेको थियो।

नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसाराण हुने वाइवाइ मिसेस नेपाल वल्र्डमा विभिन्न पेशामा आवद्ध २४ पेशाकर्मी तथा गृहिणीहरुलै अन्तिम प्रतिस्पर्धा गर्दैछन।

नेपाल टेलिभिजनकी डिजीएम आरती चटौत, अभिनेत्री गौरी मल्ल, अभिनेता तथा रंगकर्मी विरेन्द्र हमाल, अभिनेता तथा अधिवत्ता कृष्ण ढुंगाना, व्यवसायी तथा व्यक्तित्व विकास प्रशिक्षक अनुप के बराललगायत विभिन्न क्षेत्रका विज्ञहरुबाट करिब १ महिने प्रशिक्षण लिएपश्चात रेइबी बज्राचार्य , सुमित्रा पौडेल उप्रेती, लक्ष्मी जोशी, मनिता प्याकुरेल, सुजाता अर्याल, सुष्मिता खड्का, माधुरी कर्ण, पवित्रा बानिया, जयन्ती राई, बिनिता कूइँकेल, सुमिता लामा, राजश्री थापा, मनिका न्यौपाने, सृष्टिका दोङ्ग तामाङ्ग, सोनु मगर ढुंगेल, उर्मिला उप्रेती सिलवाल, संगीना अर्याल, दिक्षा केसी, पार्वती गिरी, सृजना सुबेदी, निरन्जना भेटवाल, समिक्षा कार्की, माला सुनार र उषा रजक वाइवाई मिसेस नेपाल वल्र्डमा अन्तिम स्पर्धा गर्दैछन्।

रिबन इंटरटेनमेन्टले यस वर्षदेखि मिसेस नेपाल वल्र्डको आधिकारिक फ्रेन्चाईजी प्राप्त गरेसँगै वाइवाइ मिसेस नेपाल वल्र्डको विजेतालाई आगामी २०२२ मा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस वल्र्डमा नेपालको तर्फबाट प्रतिनिधित्व गराउने आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले जानकारी गराएका छन्।

यो वर्ष मिसेस वल्र्डमा नेपालको पहिलो सहभागिता हुनेछ भने मिसेस इन्टरनेसनल नेपाल र एमएस नेपाल इन्टरनेसनलका विजेताले नेपालको प्रतिनिधित्व गरी सन् २०२२ मा सिङ्गापुरमा हुने मिसेस इन्टरनेसनल तथा एमएस इन्टरनेसनलमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने झाले जानकारी गराए। प्रतियोगिता चन्दा थापा गिरीको सह–कोरियोग्राफी तथा आकाश गिरी र गंगा महर्जनको संयोजनमा हुनेछ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x