१४ मंसिर २०८३, आईतवार

माओवादी केन्द्र फुटन लाको कथा यस्तो भने नेता श्रेष्ठले

एसीपी संवाददाता

२० फाल्गुन २०७८, शुक्रबार ०१:१३ मा प्रकाशित

काठमाडौं। नेकपा माओवादी केन्द्रका नेता नारायण काजी श्रेष्ठले पार्टीमा देखिएको मतभेद र अन्तरविरोधलाई अतिरञ्जित ढंगले नबुझ्न आग्रह गरेका छन् । आन्तरिक कलहलाई लिएर माओवादी केन्द्र फुट्न लागेको भन्दै कुरा हुन लागेका बेला पार्टीभित्र सामान्य अन्तरविरोध भएको टिप्पणी गरेका हुन् ।

बिहीबार सामाजिक सञ्जालमा लेख्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले लेखेका छन्, ‘हाम्रा पार्टीभित्र देखिएको मतभेद र अन्तरविरोधलाई लिएर विभिन्न सञ्चार माध्यममार्फत विभिन्न ढंगले प्रचार भइरहेको सम्बन्धमा विषयलाई अतिरञ्जित ढंगले नबुझ्न सबैसँग अनुरोध गर्दछु ।’ अमेरिकी सहयोग परियोजना एमसीसी प्रतिनिधिसभाबाट पास भएपछि माओवादी केन्द्रमा विवाद देखिएको थियो ।

माओवादी केन्द्रले एमसीसीको पक्षमा मतदान गरेपछि नेता श्रेष्ठ असन्तुष्ट पोख्दै आएका छन् । उनले पार्टीको विवाद मिलाउन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफ्नो बीचमा छलफल जारी रहेको पनि उल्लेख गरेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x