मात्र ६ हजार मासिक किस्तामा रोजिरोजि रोजौ टिभिएस बाईक
टीभीएसले कम मासिक किस्तामा मोटरसाइकल खरिद गर्न सकिने योजना ल्याएको छ । टीभीएसको आधिकारिक विक्रेता जगदम्वा मार्टसले एक्सचेन्जमा पुरानो मोटरसाइकल नै डाउन पेमेन्ट गरेर कम मासिक किस्ता मोटरसाइकल खरिद गर्न चाहने ग्राहकलाई अफर दिएको हो ।
बुद्ध धर्मलाई ध्वस्त पार्दै : कसरी सी जिनपिङले तिब्बतमा परम्परागत बौद्ध धर्मलाई नष्ट गर्दैछन्
यो अफरमा ग्राहकले कुनैपनि पुरानो मोटरसाइकलको मूल्याङकबाट आउने रकमलाई नै डाउन पेमेन्ट निर्धारण गरेर नयाँ मोटरसाइकल खरिद गर्न सक्नेछन् । यो योजनामा ग्राहकले मासिक किस्ता ५ हजार ९९९ रुपैयाँ मात्र किस्ता तिरे पुग्नेछ ।
यसका साथै यो योजनामा शून्य प्रतिशत व्याजदरमा मोटरसाइकल तथा स्कुटर किन्न सकिने छ । यो स्कीम टीभीएसको सबै मोटरसाइकल तथा स्कुटरमा लागु हुने कम्पनीले जनाएको छ । त्यसको लागि डाउन पेमेन्ट भने ५० प्रतिशत पुग्नु पर्ने हुन्छ ।
यो योजना सार्वजनिक गर्दै जगदम्वा मोटर्सका सीईओ दिपक अग्रवालले भने, ‘ग्राहकलाई मोटरसाइकल तथा स्कुटर खरिद गर्न सहज बनाउनका लागि हामीले यो योजना ल्याएका हौं । हामी सदैव हाम्रा ग्राहकलाई राम्रो सुविधा दिनका लागि तयार छौं र आगामी दिनमा अझै उत्कृष्ट योजना लिएर आउने छौं ।’
यो योजना टीभीएसको नेपालभर रहेको आधिकारिक शोरुमहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । नेपालगन्जमा अहिले कारकादौ स्थित रहेको ग्रेस ग्लोबल & प्रालिले शोरुम संचालन गरेको छ ।


