३ आश्विन २०८३, शनिबार

सबै आन्दोलनहरु ओलि नेतृत्व सरकारको बेथितिका विरुद्ध थिए

एसीपी संवाददाता

२७ श्रावण २०७८, बुधबार ०६:५८ मा प्रकाशित

यि सबै आन्दोलनहरु ओलि नेतृत्व सरकारको बेथितिका विरुद्ध थिए । कुशासनका बिरुद्ध थिए । भ्रष्टाचारका विरुद्धका थिए । लोकतन्त्रको रक्षाका लागि थिए र न्यायका लागि थिए । यि चरणबद्ध आन्दोलनहरु कुनै शौक र मिजासका थिएनन् ।
तसर्थ बिधिको शासन, पारदर्शिता, संबेदनसिलता, जवाफदेहीता, सहभागीता, साझेदारी, सहमति उन्मुखता प्रभावकारिताका साथै समाजबादि कार्यदिशा सहितको कार्यसम्पादन अहिलेको सरकारको प्रमुख दायित्व हो । नागरिकको जनजिबिका लगायत जनतालाइ रोग, शोक र भोकबाट मुक्त गर्ने जिम्मेवारी पनि यो सरकारको प्रमुख दायित्व हो । यदी हामिले सुशासन कायम गर्न सकेनौ भने यस्तै आन्दोलनहरु प्रतिपक्षी दलले सरकारका बिरुद्ध नगर्लान भन्न सकिन्न । त्यसकारण कर्तव्यबिमुख, बिचलन, बिमुख हुने कुनै छुट छैन । जय नेपाल !

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x