४ आश्विन २०८३, आईतवार
युट्युव च्यानल मार्फत अश्लिल शीर्षक राखी अश्लिता झल्कने भिडियो प्रसारण गरेको भन्दै संचालक पक्राउ
२७ गते मङ्सिर २०७८ । युट्युव च्यानल मार्फत अश्लिल शीर्षक राखी अश्लिता झल्कने भिडियो प्रसारण गरेको अभियोगमा बुढानिलकण्ठ नगरपालिका(४ बस्ने कालिकोट झरना गाउँपालिका(९ घर भएका २१ वर्षीय भरत बहादुर तिरुवालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
टेन्सन ब्रो नामक युट्यव च्यानल सञ्चालन गरी अश्लिल शीर्षक राखी समाजमा अश्लिता फैलाउने किसिमका भीडियोहरु बनाई युट्युब लगायत सामाजिक सञ्जालमा प्रसारण गरी विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूर गरेको पाईएपछि उनलाई पक्राउ गरेको प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले जनाएको छ ।
उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।
Subscribe
Login
0 Comments


