युवाहरु नाचगान गर्दै आर्थिक सहयोग जुटाउने
श्याम कुमार साहू – नेपालगन्ज्मा अहिले असहाय , अनाथ , अशक्त रहेकाहरुका लागि सहयोग जुटाउने अभियान शुरु भएको छ । युवाहरु नाचगान गर्दै आर्थिक सहयोग जुटाउने अभियान गरेका हुन । बिगत २ महिना देखि अपाङ्ग,, अनाथहरु, रोडमा बसेर खाना र लाउन नपाएका वृद्ध , आमा बुवा तथा साना – साना बालबालिहरुको लागि रोडमा दिनरात बाटो – बाटो निरन्तर डान्स गरेर पाएको पैसा जुटाउदै आएका छ ।
विभिन्न स्थान बाट प्राप्त सहयोग जुटाउने अभियानमा लम्की कैलालीबाट आएका जीवन विक , योगेश परियार, विवेक शाहीले भन्छन् हामीहरु सडकमा बसेको बुढा आमा बुवा असक्त बच्चहरु लाई सहयोग गर्ने अभियान हो । आफुहरु ३ / ४ वर्ष देखि आफूले डान्स सिखेको अनि त्यस पश्चात् सहयोग गर्ने भावना आएको हो ।
नाचगान बाट हामीले केहि संहयोग गर्न सक्छु भने हामीमा चाहना जाग्यो र हामी यो अभियान लागेका छौ । अहिले समयमा मान्छेलाई आफ्नो स्वार्थ बाहेक केही नसोची रहेको बेला ई युवाहरूको साहस हेरेर गर्व महसुस एक दर्शकले एसीपी न्युजलाई बताए । २१ सताब्दीमा जहाँ मान्छे खाली पैसाको पछि दौडि रहेका छ्न तर ई युवा आफ्नो शिक्षा , कमाई छोडेर समाज सेवामा अग्रसर भएका छ्न । मानव अधिकारमा काम गर्ने संघ सस्थाहरुको समेत ध्यानाकर्षण हुनु पर्ने एक दर्शकको भनाई थियो ।



