२९ माघ २०८२, बुधबार

युवा क्लबका पदाधिकारीहरूको संस्थागत तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यले अभिबृद्दी कार्यक्रम

एसीपी संवाददाता

३० कार्तिक २०८२, शनिबार १९:१९ मा प्रकाशित

नेपालगञ्ज – युवा क्लबका पदाधिकारीहरूको संस्थागत तथा नेतृत्व क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ नगर स्तरीय युवा क्लब सञ्जाल र वडा स्तरीय युवा क्लब सञ्जालका पदाधिकारीहरूका लागि एक दिने क्षमता अभिवृद्धि तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

युवा पदाधिकारीहरूको सीप र ज्ञानलाई अझ मजबुत बनाई उनीहरूलाई परियोजना व्यवस्थापन र टिम समन्वयमा सशक्त बनाउन तालिम आयोजना गरिएको हो।
तालिममा सहभागीहरूलाई निम्न महत्त्वपूर्ण विषयहरूमा गहन प्रशिक्षण प्रदान गरिएको थियो:
टिम परिचालन (Team Mobilization): प्रभावकारी रूपमा समूहलाई संगठित गर्ने र लक्ष्यतर्फ परिचालन गर्ने व्यवहारिक तरिकाहरू।

माइन्युट (Minute) लेख्ने तरिका: बैठकका निर्णयहरूलाई स्पष्ट, संक्षिप्त र आधिकारिक रूपमा अभिलेखन गर्ने विधिहरू।
प्रस्तावना लेखन (Proposal Writing): परियोजना वा कार्यक्रमका लागि आकर्षक र बलियो प्रस्तावना तयार पार्ने आवश्यक कौशल।

बजेट तर्जुमा र चरणहरू (Budget Formulation and Steps): स्रोतहरूको कुशल व्यवस्थापनका लागि बजेट बनाउने प्रक्रिया र त्यसका चरणहरू।
तालिमले युवा क्लब सञ्जालका पदाधिकारीहरूलाई संस्थागत विकास र परियोजना व्यवस्थापनमा थप सशक्त बनाएको आयोजकले जनाएको छ।

वडा नम्बर २१, २२, २, १२, ८ र नगर स्तरीय युवा क्लब सञ्जालको गरि जम्मा ३२ जना पदाधिकारीको सहभागिता रहेको थियो। तालिममा बृजेश ठाकुर, सुमित्रा चौधरी र शान्त चौधरीले सहजीकरण गरेका थिए।
यो क्षमता अभिवृद्धि कार्यक्रम सेभ द चिल्ड्रेन सँगको साझेदारीमा सामाजिक बिकाश मन्च ले आयोजना गरेको थियो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x