१३ मंसिर २०८३, शनिबार

यो अवस्था कस्को कारण आएको हो – लामिछाने

एसीपी संवाददाता

१६ कार्तिक २०८०, बिहीबार १५:३७ मा प्रकाशित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता रवि लामिछानेले अहिलेको व्यवस्था कसका कारणले जोखिममा छ भन्ने कुरा छुट्याउन आवश्यक रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले संसदमा यो व्यवस्था गुम्छ कि भनेर धेरै सांसदहरूमा चिन्ता देखिएको बताउँदै कसका कारण व्यवस्था खतरामा छ छुट्याउन आग्रह गरे । उनले भने– ‘यो व्यवस्था गुम्छ कि भनेर धेरैमा चिन्ता देखियो । तर म यहाँ एउटा कुरा स्पष्ट पार्न चाहन्छु, के यो व्यवस्था, यो संविधान, अरू कसैका कारण खतरामा छ कि तपाई हाम्रै चरित्र, तपाई हाम्रै व्यवहारका कारणले खतरामा छ ? यो कुरा छुट्याउन जरुरी छ ।

हामीले व्यवस्था जोगाउनका लागि प्राथमिकता दिएको भए आज यो चिन्ता गर्ने अवस्था आउने थिएन । अहिले हामी यो व्यवस्था जोगाइरहेका छौँ कि आफ्ना मान्छे जोगाइरहेका छौँ छातीमा हात राखेर सोच्ने बेला आएको छ ।’
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x