राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले गर्यो पुस २७ गते सार्वजनिक बिदाको मांग
नेपालगन्ज बाँके, पुस २५

२५ पुस, बाँके । शुक्रबार राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले नेपालगन्ज उपमहानगरपालिका लाइ श्री ५ महाराजधिराज पृथ्वी नारायण शाहको २९८ औं जन्म जयन्ती तथा एकता दिवसको अवसरमा पुस २७ गतेको सार्वजनिक बिदाको मांग गरेको छ ।
युवा संगठनका अध्यक्ष हुकुम सिंहले नगर प्रमुख डा. धवल शम्शेर संग २७ गते नगरमा बिदा दिने मांग गरेका हुन ।
२२/२४ राज्यलाई एकीकरण गर्ने तथा राष्ट्रिय एकताको मुल सुधार गर्ने व्याक्तित्वको लागि बिदा दिई राष्ट्रियता तर्फ गम्भीर बन्न उदेश्यका साथ राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले दिवसमा सार्वजनिक बिदाको मांग गरेको छ ।
संगठनका उपाध्यक्ष युवराज शाही, सचिव अरुण कुमार शर्मा, कोषाध्यक्ष आरीफ खान,सदस्य जित बहादुर राना,रोशन भट् राइ, रोशन महतरा, गोपाल पुन, राजु डि राना, राजेश यादव लगायतको उपस्थितिमा सार्वजनिक बिदाको मांग गरिएको हो ।



