१ आश्विन २०८३, बिहीबार
राष्ट्रीय प्रजातंत्र पार्टीको कार्यालय कृष्णनगरमा पनि उद्घाटन
कपिलवस्तु
कपिलवस्तु जिल्लाको कृष्णनगर बजारमा राष्ट्रीय प्रजातंत्र पार्टी कार्यालय स्थापना गरिएको छ कपिलवस्तु जिल्लाको क्षेत्र नं ३ को विभिन्न ठांउमा पार्टी कार्यालय स्थापना गरिएको प्रचार प्रसार समिति कृष्णनगरले जानकारी गराएको छ l
कपिलवस्तु जिल्लाको क्षेत्र नं ३ प्रतिनिधि सभा सदस्यमा प्रकाश रजौरीया ३ (क) मा कृष्ण प्रसाद पौडेल ३ (ख) बाट जानकी प्रसाद यादवले उमेदवारी दिएको जानकारी राप्रपा कृष्णनगर नगर अध्यक्ष जय प्रकाश गुप्ताले जानकारी दिए l
कृष्णनगर लगायत अन्य ठांउमा पार्टीको कार्यालय खोल्नाले जनता संग प्रत्यक्ष सम्पर्क हुने छलफल, सुझाव संकलन तथा प्रचार प्रसार गर्न सजिलो हुने उदेश्यका साथ कार्यालय खोलिएको जानकारी राप्रपा जिल्ला सचिव प्रेम शंकर शुक्लले जानकारी दिए l
Subscribe
Login
0 Comments


