१३ असार २०८३, शनिबार

रियालिटि सो भनिएको दोहोरी च्याम्पियन शुरुआत

एसीपी संवाददाता

८ चैत्र २०७७, आईतवार ०४:०३ मा प्रकाशित

काठमाडौ । पछिल्लो समय भर्खरै सुरुवात भएको नेपालकै एकमात्र ठुलो दोहोरी रियालिटि सो भनिएको दोहोरी च्याम्पियन सुरुवाती दिनमै आलोचित बनेको छ । जजहरुले प्रतियोगी हरु माथी गरेको प्रतिक्रियाले नै दर्शकहरु रुष्ट भएका हुन् ।

खास गरि दोहोरि च्याम्पियनमा अडिसन दिन आएका कल्पना दाहाल र प्रदिप रोका लाई जजहरुले अलिक हेपिएको जस्तो व्यबहार देखाएको भन्दै उहाँहरुको शुभचिन्तक र फ्यानहरुले कल्पना दाहाललाइ मिडियामा आएर कडा रुपले प्रस्तुत हुन पर्ने धारणा ब्यक्त गरेका छ्न् ।

कल्पना दाहाल नेपाली काठे भाकाका अब्बल दोहोरी गायिका हुन, उनले कार्यक्रम इन्द्रेणी मार्फत रमेश प्रसाईं सङ्ग दोहोरी गाएपछी दर्शक श्रोताले अत्यधिक रुचाएर भाइरल हुनु भएको थियो । यसै बिषयलाइ लिएर कल्पना दाहाल माथी दोहोरी च्याम्पियनका जज चन्द्र शर्माले तपाईं पहिले कतै भाइरल साइरल भएर आएको बैनी त हैन भन्दै प्रश्न गरेका थिए ।

जजहरुको प्रतियोगी सङ्ग प्रस्तुत हुने तरिका माथी प्रस्न उठाउदै कल्पना दाहालका फ्यान तथा शुभ चिन्तकले यश बारे मिडियामा बोल्नु पर्ने धारणा ब्यक्त गरेका छन । पछिल्लो समय कल्पना दाहालको दोहोरी गीत सामाजिक सन्जालमा निकै रुचाइएको छ । साथै उनको फ्यान फलोइङ पनि लाखौ छ्न् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x