१४ मंसिर २०८३, आईतवार

रुस र इजरायबीच यहुदीहरुको विषयलाई लिएर वाक युद्ध शुरु

एसीपी संवाददाता

२२ बैशाख २०७९, बिहीबार ०२:३२ मा प्रकाशित

रुस र इजरायबीच यहुदीहरुको विषयलाई लिएर वाक युद्ध चुलिएको छ ।

रुसका विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनका नियो–नाजियोहरुको इजरायलले समर्थन गरेको आरोप लगाएका छन। यसअघि लाभरोभले अडोल्फ हिटलर यहुदी मुलकाे रहेकाे अभिव्यक्ति दिएका थिए । साे अभिव्यक्तिलाई लिएर इजरायलका विदेशमन्त्री यायिर ल्यापिडले लाभरोभको अभिव्यक्तिमा माफी दिन नमिल्ने झुट भएको प्रतिक्रिया दिएका छन ।

यो अभिव्यक्ति यहुदीहरुमाथि भएको नरसंहारलाई लुकाउने प्रयत्न गरेको इजरायलका विदेशमन्त्री ल्यापिडको तर्क छ । नाजी जर्मनीले ६० लाख युरोपीयन यहुदीहरु र अन्य अल्पसंख्यकहरुको हत्या गरिएको जनाइएकाे छ ।

पश्चिमा देशहरुले पनि रुसका विदेशमन्त्री सर्गेई लाभरोभको अभिव्यक्तिको निन्दा गरेका छन ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x