रौनियार प्यानललाई समर्थन दिने क्रम जारी आज राजपाको समर्थन
नेपालगञ्ज, माघ २ ।
नेपालगन्ज उद्योग बाणिज्य संघको निर्वाचनमा ललितकुमार रौनियार नेतृत्वको साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहलाई राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल बाँकेले समर्थन गर्ने भएको छ ।
माघ ११ गते हुने संघको निर्वाचनमा राजपाले रौनियार प्यानललाई सहयोग गर्ने विहीबार प्रेस विज्ञप्ती जारी गरी जनाएको हो । राजपा नेपालका बाँके प्रवक्ता अनवर जाबेद सिद्दिकीद्वारा हस्ताक्षरित विज्ञप्तीमा रौनियार प्यानललाई जिताउन सहयोगको अपिल समेत गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ ‘साझा उद्योगी व्यवसायी समूहलाई बिजयी गराउन पार्टीका सबै नेता, कार्यकर्ता तथा शुभचिन्तकहरुको अहम भूमिका रहन्छ ।’ राजपाले नेपालगन्ज साविक मध्यपश्चिमको एतिहासिक व्यापारीक नगरी भएकाले यसक्षेत्रको आर्थिक विकासका लागि रौनियार प्यानललाई जिताउन विज्ञप्तीमार्फत सम्पूर्ण उद्योगी, व्यवसायीलाई आग्रह गरेको छ।
साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले उद्योग उपाध्यक्षमा तपेन्द्र विक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेतलाई अघि सारेको छ । यस्तै अजय कुमार टण्डन, सुुनिल सिंघल, बिन्दु चर्तीमगर, टेकबहादुर खड्का, बदरुदिन अन्सारी, बिष्णु प्रसाद श्रेष्ठ, टंक प्रसाद शर्मा, मख्खन बहादुर धामी, सन्तोष कुमार बैश्य, तेजनारायण कँडेल, दिपेन्द्र राज श्रेष्ठ र सुरेन्द्र सिंह सरदार सदस्य पदका उम्मेदवार रहनुभएको छ।




