१८ श्रावण २०८३, सोमबार

मिलन चोक डुडुवामा महाकाल सेवा समितिद्वारा साउन २४ गते भव्य भण्डाराको आयोजना हुने

एसीपी संवाददाता

१८ श्रावण २०८३, सोमबार १४:४७ मा प्रकाशित

बाँके — साउन महिनाको अवसरमा बोलबम कावड़ यात्रा तथा समस्त भक्तजनहरूलाई लक्षित गर्दै महाकाल सेवा समितिको आयोजनामा भण्डारा कार्यक्रम हुने भएको छ।

साउन २४ गतेका दिन आयोजना हुने यस धार्मिक तथा आध्यात्मिक कार्यक्रममा सहभागी हुन सम्पूर्ण महाकाल भक्तजन तथा बोलबम यात्रीहरूमा हार्दिक अनुरोध गरिएको छ। आयोजक समितिका अनुसार यस कार्यक्रमले आपसी सद्भाव बढाउनुका साथै धार्मिक यात्रामा हिँड्ने भक्तजनहरूलाई सहजता प्रदान हुने बिश्वास रहेको छ ।

कार्यक्रमको विवरण: साउन २४ गते मिलन चोक, डुडुवा देखि साँझ ७:०० बजेदेखि सुरु हुने छ । महाकाल भक्तहरूले सम्पूर्ण धर्मप्रेमी महानুभावहरूलाई तोकिएको समय र स्थानमा उपस्थित भई कार्यक्रमलाई भव्य रूपमा सफल बनाउन र महाप्रसाद ग्रहण गर्नका लागि हार्दिक आह्वान गरेका छन्।
« हर हर महादेव, जय महाकाल! ».                  

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x