२१ कार्तिक २०८३, शुक्रबार

अभिनेत्री ऐश्वर्या राय बच्चन विश्वकै सुन्दर महिलामा

एसीपी संवाददाता

२३ फाल्गुन २०७७, आईतवार ०६:०२ मा प्रकाशित

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन विश्वकै सुन्दर महिलामा पर्छिन् । उनको मुहारमा उनको उमेरको कुनै असर देखिँदेन । उनको मुहार आज पनि कुनै युवाको भन्दा कम देखिँदैन ।

एबीपी न्यूज लाइभमा प्रकाशित समाचार अनुसार ४७ वर्षे यी अभिनेत्री आफूलाई दैनिक रुपमा सुन्दर बनाउनका लागि दही र महको मसाज गर्छिन् । यो कुराको खुलासा स्वयं ऐश्वर्याले एक अन्तरवार्तामा गरेकी छन् ।

ऐश्वर्याका अनुसार उनी आफ्नो मुहारमा कमैमात्र रसायनको प्रयोग गर्छिन् । उनी प्रायः दिनहुँ जसो मुहारमा घरेलु मास्क लगाउछिन् । यो फेस मास्क क्रिम, बेसन र बेसार मिलाएर तयार पारिएको छ ।

बेसन र बेसारको मास्क परम्परागत रुपमा भारतमा प्रयोग गरिँदै आएको छ । ऐश्वर्या आफ्नो मुहारमा चमक ल्याउन सन्तुलित आहारले पनि भूमिका खेलेको बताउछिन् । उनी मुहारमा दुध र बदामको तेल प्रयोग गर्छिन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x