वडा प्रहरी कार्यालय नेपालगंजद्वारा भन्सार छलिको गरेको सामान बरामद
रिसभ सिंह वाडिया , नेपालगन्ज – नेपालगन्ज हुने अबैध समानको ओसारपसार रोक्न प्रहरी निकै सक्रिय रहेको छ । भारत बाट ल्याउने समानको बिना भन्सार नेपाल भित्रीदा सरकार घाटा हुने गरेको हो । आज मंगलबार वडा प्रहरी कार्यालय नेपालगंज बाँकेबाट खटिएको प्रहरी टोलिले नेपालगंज उप-महानगरपालिका वडा नं.२१ वृत्ता स्थितमा भारतबाट अबैध रुपमा भन्सार छलि गरी ल्याएका निम्न सामानहरु बरामद गरेको हो । 
अहिले जमुनाह नाकामा समेत कडाई गरिएकोले अन्त बाटो मार्फत लुकाई अबैध रूपमा नेपाल ल्याउने गरेका छ्न । अबैध समान बिना भन्सारको रहेकोले समान समातेको प्रहरीले जनाएको हो ।
आज बरामद भएको समान मोबाईल फोनको डिस्प्ले) फेला पारी बरामद गरी आवश्यक कारबाहीको लागि नेपालगंज भन्सार कार्यालय बाँकेमा बुझाईएको वडा प्रहरी कार्यालय नेपालगन्जले जनाएको हो ।
प्रहरीले समातेको समान निम्न:-
१. Motian Combo Touch (Mobile Display) :- २०० पिस अन्दाजी मुल्य रु.४,००,०००।–
२. Servic Pack (Display) :- ३०९ पिस अन्दाजी मुल्य रु.३०९,०००।–
अन्दाजी मूल्य रु.७,०९,०००।- (सात लाख नौ हजार मात्र) ।


