१० कार्तिक २०८१, शनिबार

वडा ६ नम्बरलाई पराजित गरि वडा ८ नम्बर फाइनलमा

एसीपी संवाददाता

२१ माघ २०७६, मंगलवार १२:१८ मा प्रकाशित

माघ २१ गते खेल समाचार । वडा नम्बर ८ नेपालगन्जमा जारी रहेको क्रीकेट प्रतियोगितामा युनाइटेड ग्रुप दोस्रो अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छ ।
सोमबार मंगलप्रसाद उच्च माविको खेल मैदानमा ८ नम्बर वडाले २२ नम्बर वडालाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको २२ नम्बर वडाले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय १ रन बनाएको थियो ।
टोलीका लागि रबिस बर्माले ३० रन, राकेश बर्माले १९ रन र अनुप कुमार बर्माले १६ रन जोडे । ८ नम्बरका समसुद्धिन अन्सारीले ३ विकेट लिए । उनले ३ ओभरमा ११ रन खर्चेका थिए । नासिर अन्सारीले १ विकेट लिए। जवाफमा ८ नम्बर वडाले १५.१ ओभरमा ४ विकेटको नोक्सानीमा जित हासिल ग¥यो ।
टोलीका लागि समसुद्धिन अन्सारीले ४० रन, अविजित रहेका अनुपम सिहले १७ रन र नासिर अन्सारीले १३ रन बनाए । २२ नम्बर वडाका सन्नी गोडियाले २ विकेट र उदेश सहानीले १ विकेट लिएका थिए । खेलमा समसुद्धिनले म्यान अफ द म्याच र म्याजिकल मुभमेन्टको पुरस्कार जिते ।
प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुने ग्रुप अफ– १६ क्लबका अध्यक्ष विष्णु अर्यालले बताए । ग्रुप अफ– १६ क्लबले आयोजना गरेको प्रतियोगितामा नेपालगन्ज उपमहानगरपालिकाका २३ वडाले प्रतिस्पर्धा गरिरहेका छन । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले १ लाख पुरस्कार पाउनेछ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x