१४ मंसिर २०८३, आईतवार

श्रीलंकामा सर्बदलिय सरकार बनाउन सकारात्मक

एसीपी संवाददाता

१५ बैशाख २०७९, बिहीबार ००:५२ मा प्रकाशित

एजेन्सी –  श्रीलङ्काका राष्ट्रपति गोटावाय राजापाक्षेले आफु सर्वदलीय सरकार बनाउन तयार रहेको बताएका छन् ।

सरकार पुनर्गठनको तयारीमा रहेको जानकारी दिँदै उनले संसद्‌मा रहेका सबै दलहरूलाई समेटेर सरकार बनाउन चाहेको बताएका हुन् ।

देशको अहिलेको आर्थिक तथा राजनीतिक सङ्कट समाधान गर्ने जिम्मेबारी सबैको भएकाले सबै सहभागी सरकार बनाएर काम गर्नु पर्नेमा उनले जोड दिए ।

उनले सबै दलका नेताहरूलाई सर्वदलीय सरकार निर्माणका लागि छलफलमा आउन समेत बुधबार सन्देश प्रवाह गरे ।

सरकार भित्रको संरचना, वरियता, भागबन्डालगायत विषयमा छलफल गर्न आफू खुला रहेको पनि राष्ट्रपति राजापाक्षेले स्पष्ट पारे ।

उनले सर्वदलीय सरकार गठनका बारेमा छलफल गर्न आगामी शुक्रबार सत्तारुढ गठबन्धनको बैठक समेत आयोजना गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x