१४ मंसिर २०८३, आईतवार

श्रीलङ्कामा विदेशी मुद्राको सङ्कट बढ्दै गएका कारण डिजेलको अभाव

एसीपी संवाददाता

२३ बैशाख २०७९, शुक्रबार ०१:२० मा प्रकाशित

एजेन्सी –  श्रीलङ्कामा विदेशी मुद्राको सङ्कट बढ्दै गएका कारण डिजेलको अभाव भएको त्यहाँको ऊर्जामन्त्रीले बताएका छन् । यो समाचार पनि पढ्नु होला –  श्रीलंका सहित १ सय ६५ देश चिनियाँ ऋणमा फसेको खुलासा

ऊर्जामन्त्री कञ्चना विजेसेकेराले संसद्लाई सम्बोधन गर्दै मुलुकमा दैनिक ४ हजार मेट्रिक टन डिजेल आवश्यक पर्ने भएपनि सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेशनले अहिले दैनिक १ हजारदेखि १ हजार ५ सय मेट्रिक टन मात्रै निकासी गरिरहेको बताए ।

अहिले मुलुकमा पेट्रोलको अभाव नभएको भन्दै दैनिक तीन हजार मेट्रिक टन पेट्रोल आपूर्ति हुने गरेको र बुधबार राति ४० हजार मेट्रिक टन पेट्रोल बोकेको जहाज श्रीलङ्का आइपुगेको उनले बताए । यो पनि समाचार पढ्नु होला –  श्रीलंका र पाकिस्तानलाई कंगाल बनाएर आफ्नो गोजी भर्यो चीनले, अफ्ठेरो पर्दा गरेन सहायता, ऋणको बदला सम्पत्ति कब्जाको रणनीति

श्रीलङ्काले फेब्रुअरीदेखि डिजेल अभावको सामना गरिरहेको छ । यसका कारण दैनिक घण्टौँसम्म बिजुली कटौती हुने गरेको छ । अर्थमन्त्री अली साब्रीले बुधबार श्रीलङ्कासँग प्रयोगयोग्य विदेशी सञ्चितीमा ५ करोड अमेरिकी डलरभन्दा कम रहेको बताएका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x