संचारकर्मी राजेश बिसीको अभिनयमा नयाँ गीत सार्वजनिक

नेपालगन्ज / नेपालगन्जमा बसेर आफ्नो कलाकारितालाई अगाडि बढाइरहेका संचारकर्मी राजेश बिसीको अभिनयमा नयाँ गीत सोमबार सार्वजनिक भएको छ । “माया ठूलो भन्नू मात्रै” बोलको उक्त गीतमा “द भ्वाइस अफ नेपाल” सिजन १ का विजेता सिडि विजय अधिकारीको स्वर रहेको छ । गीतमा अधिकारीकै संगीत रहेको छ । भने सन्तोष समीप लुइँटेलको शब्द रहेको छ । पिरतीमा धन, पैसा अनि जातिय विभेदले कस्तो खालको असर एवम प्रभाव पार्छ भन्ने खालको कथा वस्तुलाई भिडियोमा उतारिएको छ । गीतको अडियो सुन्दा जति भावुक बनाउँछ, त्यत्तिनै भावुक भिडियोले पनि बनाउँछ । माया प्रेममा आधारित गीतको भिडियोमा सन्चारकर्मी राजेश संगैै मोनिका खड्का, हस्त बहादुर बिक, नैना पुन , कविता ठुकुरी लगायतलाई देख्न सकिन्छ । बाल कलाकार विवश खत्री र प्रतीक्षा ढकाललाई पनि भिडियोमा देख्न सकिन्छ । गितको छायांङकन बाँके र बर्दिया जिल्लाको पर्यटकिय स्थानहरुमा भएको थियो । संचारकर्मी राजेश बिसी रेडियो कृष्णसारमा युवा लक्षित कार्यक्रम “युथ फोरम” संचालन गरिरहेका छन् ।





