१४ मंसिर २०८३, आईतवार

संसद विघटनको फेरि संकट

एसीपी संवाददाता

२१ फाल्गुन २०७८, शनिबार ०१:१३ मा प्रकाशित

काठमाडौं। नेकपा एमालेले प्रतिनिधि सभामा अवरोध कायमै राखे संसद विघटनको बाटोमा जानेसम्मको विषयले सत्ता गठबन्धनमा प्रवेश पाएको हो ।

शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा समेत यो बिषयमा छलफल भएको बताइएको छ । माओवादी अध्यक्ष प्रचण्डले विगतमा पनि वैशाखमै प्रतिनिधि सभाको चुनाव गर्ने गरी जान प्रस्ताव गरेका थिए ।

यति मात्रै हैन्, सत्ता गठबन्धनभित्र विगतको चुनावी परिणामलाई मध्यनजर गरी गठबन्धनमा सिट भागवण्डा गर्दै चुनावमा जाने कुरा समेत चलेको छ ।

यी मुद्दासहित सत्ता गठबन्धनमा अर्ली इलेक्शनको विषय पसेको हो । विगतमा प्रधानमन्त्री नहुँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अर्ली इलेक्शनको प्रस्ताव गरेका थिए । देउवा प्रधानमन्त्री भएपछि भने यो विषय ओझेलमा परेको छ ।

एमालेको अवरोध हट्नुपर्ने या विकल्पमा जानुपर्ने भन्दै प्रचण्डले अर्ली इलेक्शनमा जोड दिइरहेका छन् ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x