१० कार्तिक २०८१, शनिबार

सन २०१९ मा ८ सय ९६ जनालाई नेपालगन्जको जमुनाह नाकाबाट उद्धार गरिएको- माइती नेपाल

एसीपी संवाददाता

१४ पुष २०७६, सोमबार १६:१७ मा प्रकाशित

मानव बेचविखन विरुद्ध क्रियाशिल माइती नेपालले सन २०१९ मा ८ सय ९६ जनालाई नेपालगन्जको जमुनाह नाकाबाट उद्धार गरेको छ ।
माइती नेपाल नेपालगन्जले बुधवार नेपालगन्जमा पत्रकार सम्मेलनको आयोजना गरी जोखिमपूर्ण यात्रामा रहेका उनीहरुलाई सीमानाबाट उद्दार गरिएको जनाएको हो । माइती नेपाल नेपालगन्जका संयोजक केशव कोइरालाका अनुसार, यो गत बर्षभन्दा उद्दार गरिएकाहरु मध्ये २४ ले कम हो । गत बर्ष ९२० जनाको उद्दार गरिएको थियो । सन २०१९ मा पारिवारिक पुनःमिलन गराइएको संख्यापनि उद्दार गरिएको बराबरी छ । एक बर्षको अवधिमा ८९६ जनाको पारिवारिक पुनःमिलन गराइएको संयोजक कोइरालाले बताउनुभयो । एक बर्षको अवधिमा श्रम र योन शोसनमा परेका ८२ जनाको उद्दार गरिएको छ । पछिल्लो समय समाजिक सन्जालको दुरुपयोगका कारण मानव बेचविखन थप जोखिमपूर्ण बनेको संयोजक कोइरालाले बताउनुभयो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x