१४ मंसिर २०८३, आईतवार

समाजवादी केन्द्रको गठवन्धन या तालमेलले  काग्रेसमा पर्ने असर 

ओम आचार्य

१७ श्रावण २०७९, मंगलवार १८:२३ मा प्रकाशित<

ओम आचार्य

नेपाली राजनीतिमा गणतन्त्र पछी धेरै पाटीहरु जन्मिए कति पाटीहरु राष्ट्रीय दलमा स्थापित भए कति दलहरु आफ्नो पहिचान सम्म वनाउन सफल भए कति राजनीतिक दलहरु अन्य राजनीतिक पाटीमा विलय भए। शेर बाहादुर प्रधानमन्त्रि वन्नु भन्दा पुर्व एमाले र माओवादीको राजनीति पाटी एकिकरण पस्चात नेकपा एमालेमा परिणत भयो । त्यतिखेरको वर्तमान राजनैतिक अवस्था नेपालमा प्रमुख दुइ राजनीतिक दल मात्रै निर्णायक रुपमा देखा परे । झण्डै दुइ तिहाइ को एमालेको सरकारको सत्ता भोग र नेपाली काग्रेसमा तत्कालिन आन्तरिक मतभिन्नतातले कारण नेकपा एमालेमा महत्वकाक्षां र सत्ता वासनाले तत्कालिन प्रधानमन्त्री केपी ओलीमा “मै हु” भन्ने सोचले  नेकपा एमाले भित्रका माओवादी आफुलाइ निरिह र कमजोर महसुश गर्न थाले अर्को तर्फ माधव नेपाल र झलनाथ खनालको पाटी भित्रको आफ्नो पुर्व वर्चस्व झन खस्कन्दै गयो ।

समयमै प्रचण्ड र माधव नेपाल नेकपा एमालेबाट अलग नभए दुवैको राजनीतिक साख ख़तम हुने भएको आंकलन गरी पाटी विग्रह गरे । प्रचण्ड पुर्ववत आफ्नो माओवादी मा आए भने माधव नेपालले समाजवादी पाटी बनाए ।

त्यसपछी नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलिय गठवन्धनको सरकार वन्यो ।

अहिले पुन पाँचदलिय गठवन्धन भित्र पनि नेपालि काग्रेस बाहेक ” समाजवादी केन्द्र” को नाममा गठवन्धनको तयारिमा छन । यस्को लागी छलफलमा तिव्र रुपमा प्रचण्ड , माधव नेपाल , वाहुराम भट्टराइ र वामदेव गौतम समेत एक ठाउमा आएका छन । उपेन्द्र यादव अहिले सम्म यो गठवन्धनमा नरहने वताउदै आएकाछन । समाजवादी केन्द्रको आवस्यक्तामा संलग्न रहेका नेताहरुले एमालेलाइ अलग्याउदै कमजोर वनाउने वताउदै आएतापनि यिनीहरुको भित्री उध्देस्य काग्रेससंग सिट वाँडफाडको बारगेनिंग नै हो । सिट बाडफाँडमा कुरा नमिले वर्तमान पाँचदलिय गठवन्धन भंग हुने पनि टडकारो देखिन्छ।गठवन्धन नरहेको अवस्था पाटी भित्र राजनैतिक हिसावले शेर बाहादुर देउवा कमजोर छन र आफु स्थापित भइरहन समाजवादी केन्द्रको माँग विपरित जान सक्दैन भन्ने पनि समाजवादी केन्द्रको राजनीतिक बुजाइ हुन सक्छ।यही भएर पाँचदलिय भित्रका प्रचण्ड माधव नेपाल लगायतले “समाजवादी केन्द्र” को अवधारणा ल्यांएको हुन सक्छ।

अर्को तर्फ “समाजवादी केन्द्र” भित्र अहिले समेटिएका राजनीतिक पाटीहरु सवै कम्युनिस्ट हुन । समाजवादी केन्द्र निर्मित भएपनि अहिलेको पाँचदलिय गठवन्धनमा कुनै असर नपर्ने र यो गठवन्धन यथावत रहने छ भनेका छन । तर यो कुरामा विस्वसनिय आधार कम्युनिस्टको राजनीतिक चरित्रगत आधार ले देखिन्दैन भने अर्को तर्फ चिनको नेपालमा पटक पटक को आगमन र कम्युनिस्ट पाटी संग भेटघाट , गतिविंधी र कम्युनिस्ट एक ठाउमा ल्याउने प्रयत्नले पनि गठवन्धन यथावत रहन्छ भन्न सकिने अवस्था छैन । निर्वाचन सम्म कथंकदाचित गठवन्धन यथावत रहे त्यो पनि “समाजवादी केन्द” को माँग वमोजिम नेपाली काग्रेस संग सिट बाडफाड भएको अवस्थामा निर्वाचन सम्म जान सक्लान । निर्वाचन पछी वृहद कम्युनिस्ट पाटी भनेर एक ठाउमा सबै वाम सक्ती आउछन नै ।

अहिले निर्वाचन आयोग चुनावको घोषणको लागी सरकारलाइ घचघच्यांइ रहेको छ । सरकारमा रहेका सबै दल यस कुरामा उदासीन रहेका छन । नेपाली काग्रेस बाहेक अन्य गठवन्धनमा रहेका दल पनि ” समाजवादी केन्द्र” को निर्माण विधिवत टुग्याउन चुनावको मीति घोषणा अघिनै गर्न चाहान्छ यसो गर्दा नेपाली काग्रेसमा गठवन्धन भित्र आफु भारी हुने चाहाना पनि हो जसबाट सिट बाडफाडमा आफ्नो पकड़ दरो होस ।

अहिले कांग्रेसको नेतृत्वमा रहेको सरकार जस्को नेतृत्व कांग्रेसका पाटी अध्यक्ष शेर बाहादुर देउवाले गरिरहेका छन  जस्ले चुनावको घोषणा गर्न सकिरहेका छैनन । प्रधानमन्त्री देउवाको यो वाध्यता गठवन्धनको चुनाव घोषणामा सहमती हुन नसक्नु पनि हो भने अर्को सहमती विना चुनाव घोषणा गर्दा गठवन्धन भंग पनि हुन सक्ने आंकलन काग्रेस पाटी भित्र पनि रहेको हुन सक्छ। यस्तो अवस्थामा चुनाव घोषणा गर्दा गठवन्धन व्रेक भए पाटी भित्र ४० प्रतिशत को कुरा उठाइरहेका डा. शेंखर कोइराला समुह पाटी भित्र हावी हुने हुने पनि पाटी अध्यक्ष शेर बाहादुर देउवाको समुहले राजनीतिक अध्यन गरेका हुन सक्छ । यही कारणले “समाजवादी केन्द्र ” स्थापना गर्ने अभियानमा लागेकाले यस्लाइ अवसरको रुपमा लिएकाछन ।

नेपाली काग्रेसको पहिलो धर्म प्रजातन्त्रको रक्षा गर्नु हो र त्यो त्यतीखेर मात्र सम्भव छ समयावधि भित्रै निर्वाचन गर्नु । निर्वाचनमा जान  रोक्न खोज्ने , विलम्ब गर्न खोज्ने कुनै सक्ती , कुनै गठवन्धनको वन्धन भित्र रहनु हुदैन । निर्वाचन वन्धन रहित , निर्वाचन गठवन्धन रहित हुनुपर्छ जस्ले स्वस्थ निर्वाचन परिणाम दिन्छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x