२६ कार्तिक २०८३, बुधबार

समाजसेवी मङ्गल प्रसाद बर्मा (सानुद्वारा तिहार तथा छठ पर्वको शुभकामना व्यक्त

एसीपी संवाददाता

२६ कार्तिक २०८३, बुधबार १२:३७ मा प्रकाशित

दिनेश ठाकुर नेपालगञ्ज, कात्तिक २४ गते —  नेपालीहरूको महान् पर्व शुभ दीपावली (तिहार), लक्ष्मी पूजा तथा आस्थाको महापर्व छठको पावन अवसरमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८, लगदहावा निवासी समाजसेवी मङ्गल प्रसाद बर्मा (सानु) तथा बर्मा परिवारले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ।

‘हाम्रो पर्व, हाम्रो संस्कृति, हाम्रो गौरव’ भन्ने मूल सन्देशसहित शुभकामना व्यक्त गर्दै समाजसेवी बर्माले तिहार र छठ पर्वले नेपाली समाजमा आपसी प्रेम, सद्भाव, एकता र भाइचाराको सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभएको छ।
उहाँले तिहारको भाइटीकाले दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता, प्रेम र पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उल्लेख गर्दै छठ पर्वले आस्था, विश्वास, अनुशासन र सामाजिक एकताको सन्देश प्रवाह गर्ने बताउनुभएको छ।

समाजसेवी बर्माले भन्नुभयो, “हाम्रा चाडपर्वहरू केवल धार्मिक तथा सांस्कृतिक उत्सव मात्र होइनन्, यी हाम्रो पहिचान, परम्परा र सामाजिक एकताका अमूल्य धरोहर पनि हुन्। यस्ता पर्वले समाजमा आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको भावना अझ बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्छन्।”
उहाँले दीपावलीको उज्यालोले सबैको जीवनमा नयाँ आशा, उमङ्ग र सकारात्मक ऊर्जा प्रदान गरोस् भन्दै सम्पूर्ण नेपालीको घरपरिवारमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र दीर्घायुको कामना गर्नुभएको छ।

समाजसेवामा सक्रिय रहँदै आउनुभएका बर्माले सबैलाई चाडपर्व मर्यादित, सभ्य, सुरक्षित र सद्भावपूर्ण वातावरणमा मनाउन आग्रह गर्दै हाम्रो मौलिक कला, संस्कृति, परम्परा र सामाजिक एकताको संरक्षण तथा प्रवर्द्धन गर्नसमेत सबैमा अपिल गर्नुभएको छ।अन्त्यमा, मङ्गल प्रसाद बर्मा (सानु) तथा बर्मा परिवारले तिहार, लक्ष्मी पूजा र छठ पर्वको अवसरमा सबै नेपालीको जीवनमा सुख, शान्ति, खुसी र समृद्धिको उज्यालो छाओस् भन्ने हार्दिक शुभेच्छा व्यक्त गर्नुभएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x