२९ आश्विन २०८३, बिहीबार

समानता न्याय अधिकारका लागि एवं दासत्ता विरुद्ध नवलपरासीमा बृहत् आमसभाको तयारी

एसीपी संवाददाता

३१ चैत्र २०७७, मंगलवार १२:३४ मा प्रकाशित

नेपाल सरकारले पटक- पटक जातीयताको नाममा जहिले पनि थारु समुदायलाई उपेक्षित गरेको भन्दै दासत्ता विरुद्ध बृहत् आमसभाको तयारी पूरा भएको छ । समानता न्याय अधिकारका लागि एवं दासत्ता विरुद्ध नवलपरासीमा बृहत् आमसभाको तयारी व्यापक रूपमा भई रहेको हो । थरुहट थारुवान जनसभा २०७८ नाम दिएको उक्त आम सभामा थारुवान सघर्स समितिका केन्द्रिय नेताहरुले सम्बोधन गर्ने आयोजकले जनाएको हो । अहिले देशमा पटक पटक आन्दोलन भयो , द्वन्दकाल समेत थुप्रै थारुले बलिदान दिए पनि दासत्ता बाट उन्मुक्ति हुन नसकेको बताए । संकटकालका बेलामा समेत थारुवान मुक्ति मोर्चा समिती बनाई तत्कालीन माओबादीहरुले समेत धोखा दिएको थारुवान मोर्चाला एक जना नेता जानकारी दिए । अब हामी यो दासत्ता कहिले सम्म भोग्ने हो ? यसको लागि अन्तिम लडाइँको बेला आएको बताए । अहिले थारु नेताहरुलाई कैलालीको घटनालाई अधार बनाएर झुठो मुद्दामा रेशम चौधरीलाई आजिवन करावासमा राखेका छ्न भने अर्का नेता लक्षम्न थारु सहितला दर्जनौं नेता कार्यकर्ता माथी मुद्दा लागेको छ । नवलपरासी , रुपन्देही , र चितवनको सयुक्त आयोजनामा हुने आम सभालाई सफल बनाउन नेता कार्यकर्ता दिन रात मिहिनेत गरि रहेको आयोजक थरुहट थारुवान राष्ट्रिय मोर्चाले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x