१३ मंसिर २०८३, शनिबार

सस्थापन इतरको कोशीमा जागेको कुन्डली वालुवाटारको चिरकटोमा स्खलित भयो ।

एसीपी संवाददाता

२० कार्तिक २०८०, सोमबार १०:०२ मा प्रकाशित

ओम आचार्य
देशको राजनीति अहिले अत्यन्त खतरनाक मोड़बाट गुज्रिरहेको छ । सामाजिक संन्जालमा पनि गणतन्त्र प्रती नैराश्य र वितृष्णा छाएको छ । जनतामा पनि वर्तमान राजनीति प्रती रुची नदेखिनु वितृष्णा जाग्नु र गणतन्त्र प्रती उच्चाटनको भाव जाग्नु निस्चयनै प्रतिगामीहरुको लागी अहिलेको समय उर्वर हुन सक्छ । यस्को दोष राजनीतिक दलहरुले लिन नस्विकारे पनि यिनिहरुको राजनैतिक शैली , सरकार चलाउने ढाँचा यिनिहरुको क्रियाकलाप  ले त्यो प्रमाणित गर्द गएको छ ।
अहिले देशमा बढिरहेको भ्रष्टाचार ललिता निवास प्रकरण , सुन तस्करी, नक्कली भुटानी काण्ड लगायत अहिले राष्ट्रपतिबाट सजाय मिनाह पाएका रिंगल सर्वोच्च अदालतको आदेशबाट रिगल पुन पक्राउ पर्नु ले सरकार प्रती राष्ट्रपति प्रती जनतामा अरु क्रोध थपेको छ ।गणतन्त्र प्रती अरु निराशा छाएको । र उनिहरुमा नैतिकताको प्रस्न उठन थालेको छ।
नेपाली काग्रेस जो आफुलाइ प्रजातन्त्र लोकतन्त्र को रक्षक सिपाही ठान्छ तै दल सम्मिलित सरकारबाट यस्तो निर्णय हुनु निस्चयनै त्यो दल प्रती दलका नेता प्रती जनता टाढा हुदै जानु हो । जनताले प्रजातन्त्र लोकतन्त्र गणतन्त्र जे भन्नुस त्यस्को चाहाना राख्नु त्यस्को लागी वलिदान गर्नु शुशासन अमन चैन को लागी हो त्यो शुशासन अहिले जनताले भोग्न अनुभव गर्न महशुश गर्न पाएका छैनन।जनताले यस्को आशा नेपाली काग्रेसमा  राखेको थियो र गुनासो पनि काग्रेस संग छ। दोष पनि काग्रेसमा देख्छ ।
अहिले न्याय तथा कानुन मन्त्री नेपाली काग्रेस कै छ । देश अहिले संक्रमंण कालमै छ ।अहिले संविधान पुर्ण वनाउन र परमार्जित गर्ने समय छ ।। यस्तो समयमा देशमा कानुनीराज्य स्थापना गर्ने दायित्व कानुन मन्त्री को पनि हो तर अहिले रिगल को घटना क्रमले कानुन मन्त्री नेपाली काग्रेस र काग्रेसबाटै राष्ट्रपति हुनु भएका समेतको प्रतिष्ठा मात्र विवादित  हैन व्यक्तित्वमा ह्रास पनि आएको छ । सामाजिक संजाल देखी केही राजनीतिक दलहरुबाट समेत राष्ट्रपति र प्रधानमन्त्रीको राजिनामा माग्नु सडकमा जुलुस र नाराबाजी समेत गर्ने गरिएको  छ ।
काग्रेसले आफ्नो निती आफ्नो विधी आफ्नो धर्म विर्सन्दै गएको छ । काग्रेस भित्र छलफल विचार विमर्श हुन छाडेको छ । वि पी कोइराला देखी गिरिजा कोइराला सम्म आइपुग्दा यि नेताहरुबाट समसामयिक घटना र अन्य दलहरु प्रती  लिने रणनीतिक विसयमा पाटी भित्र छलफल विचार विमर्श गरेर पाटीले आफ्नो विचार आफ्नो निती र आफ्नो रणनीति वनाउथ्यो । यस्तो अहिले लगभग १० वर्ष देखी पाटीमा त्यस्तो अभ्यास देखिएको गरेको छैन । अहिले काग्रेस एकल निर्णयवाट अगाडि बडिरहेको छ । यहि कारणबाट पाटीमा असन्तोष बड्दै गएर फरक मत र फरक विचार राख्नेहरुको बाहुल्यता बडिरहेको छ।
यसैको नतिजा हो कोशी प्रदेसको मुख्य मन्त्रीमा केदार कार्की को उपस्थिती।
वर्तमान व्यवस्था प्रती संघियता प्रती जनता को विरोध र यस्लाइ सेतो हात्ती को नाम दिदै ,संघियताको खारेजी समेत माँग राखी सडकमा जुलुस नारा हुनु मुलत कोशी प्रदेस कै अस्थिर राजनीति र वर्ष दिन भित्र पाँच मुख्यमन्त्री वन्नु कारक हो ।
काग्रेस भित्रको अहिलेको राजनीति एकले अर्कालाइ नस्विकार्ने राजनीतिक द्वन्दमा हुर्किरहेको छ । कोशी प्रदेस गठवन्धन भित्र काग्रेस को भागमा परेतापनि याहा संस्थापन र संस्थापन इतर समुह ले एकले अर्काको पात्रलाइ नस्विकार्रेको कारण काग्रेसको एकल निर्णय को परिणती हो माओवादीको मुख्यमन्त्री मा दावी ।सौताको रिसले पोइकों काँख ….. काग्रेस संस्थापनले त्यही गर्यो ।
र जाग्यो शेखर समुहको कुन्डली एमालेको सहयोगमा केदार कार्की मुख्यमन्त्रीबने।
सस्थापन इतरले एमाले सहयोग लिदै मुख्यमन्त्री जसरी प्रस्तुत भयो त्यो गठवन्धन विरुध्द को बाटो थियो । सस्थपन इतरको त्यो जोखिम कोशी प्रदेसको लागी हितकर थियो ।तर कोशीमा शेखर समुहले लिएको जोखिम वालुवाटारमा भएको चिरकटो सहमतीले  जागेको कुन्डली  स्खलित भयो । चिरकटोमा सहमती गर्नु भन्दा पुर्व एमाले संग भएको सहमतीमा सस्थापन इतर अडन सकेन । राजनीतिमा केही इमान्दारिता विस्वसनियता पनि आवस्यक्ता छ याहा नेर सस्थापन इतर चुक्यो । व्याक्तिमा निष्ठा वैचारिक इमान्दारित सहमती प्रति विचलन हुदा अन्य दल त झस्किने तर्सिने त छदै छ ।सवैभन्दा बढी जनतामा त्यस्को मुल्य त विमुख हुनेले चुकाउनु नै पर्छ। त्यसै कारणले अहिले पुन पुर्व मुख्य मन्त्रीमा प्रस्तुत भएका उद्धव थापा कै अवस्थामा पुग्ने कुरा एमालेका नियुक्त मन्त्रीको राजिनामाले देखिन्दै छ।
यदी त्यो दृष्य पुन कोशी प्रदेसमा देखियो भने संघियता प्रती गणतन्त्र प्रती जनतामा घोर निरासा आउने छ ।
अहिले काग्रेसमा नीति छैन विधी छैन काग्रेस आफै अराजक वन्दै गएको छ। काग्रेसमा त यस्ले क्षती त पुर्याउछ नै सव भन्दा ठुलो क्षती व्यवस्था प्रती पनि पुग्न सक्छ । यस्लाइ समयमै सच्याउन सुधार गर्न आवस्यक भै सकेको छ । त्यसैको लागी महासमीतिको बैठक डाकेर समय सापेक्ष नीति निर्माण गर्ने समयको आवस्यक्ता बुजेर सस्थापन इतर समुहले यो कुरा उठाएका हुन । जुन समयको माँग र सापेक्ष निर्णय पनि हो ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x