साङ्लो चलचित्रको प्रचारप्रसारको लागि नायक भट्ट नेपालगञ्जमा
सन्ध्या शर्मा / बाँके पुस २६

शनिबार नायक बिराज भट्ट नेपालगन्ज आएका छन । लामो समयपछि नेपाली चलचित्रमा फर्किन लागेका नायक बिराज भट्टले कडा मेहनत र परिश्रमका साथ निर्माण गरेकोले नेपाली कथानक चलचित्र ‘सांङलो’ अहिले चर्चामा आएको छ ।
नायक बिराज शनिबार नेपालगञ्जका पत्रकारहरुसंग भेटघाट गरेका छन् । चलचित्रको प्रचारप्रसारका लागि निस्किएका नायक भट्ट नेपालगञ्जका पत्रकारहरुसंग कुरा गर्दै कडा मेहनतका साथ यो चलचित्र ल्याउन लागेका बताउनु भयो ।नेपालमा नेपालगञ्ज नेपाली चलचित्रहरुको ठुलो बजार रहेका र नेपाली चलचित्रलाई माया गर्ने मानिसहरु पनि धेरै रहेकाले आफुद्धारा निर्देशित तथा अभिनित चलचित्र सांङलोलाई पनि माया गर्नुहुनेछ भन्ने आशा राखेका छन ।
नेपाली चलचित्रमा नायक भट्ट चलचित्र क्षेत्रबाट पलायन भएता पनि उनलाई नेपाली चलचित्रको मोह भने कायम नै थियो । त्यही मोहका कारणले पनि बिराज यतिबेला आफ्नै निर्देशनमा चलचित्र सांङलो लिएर नेपाली चलचित्रमा फर्किन लागेका हुन । चलचित्र निर्माणदेखि प्रदर्शन मितिसम्मको प्रचार प्रसार गरी दुई करोड लगानी रहेको नायक भट्टले बताउनुभयो ।साङ्लो चलचित्र निर्माणमा करिब एक वर्ष खर्चिएको पनि जानकाररि दिनुभयो ।
माघ २४ गते प्रदर्शन मिति तोकिएको चलचित्रमा निर्देशक तथा नायक भट्टद्धारा अभिनित यस चलचित्रबाट पुर्व मिस नेपाल निकिता चण्डकले नेपाली चलचित्र क्षेत्रमा पाइला राख्न लागेकी छन् ।



