२ आश्विन २०८३, शुक्रबार

सामाजिक सञ्जाल र युट्युवमा उनी किशोरीका बारेमा नानाथरी बोल्ने र लेख्नेहरु पक्राउ

एसीपी संवाददाता

३० फाल्गुन २०७८, सोमबार ००:४७ मा प्रकाशित

काठमाण्डौ । अभिनेता पल शाहलाई एक किशोरीलाई कर णी गरेको अभियोगमा पक्राउ गरेपछि सामाजिक सञ्जाल र युट्युवमा उनी किशोरीका बारेमा नानाथरी बोल्ने र लेख्नेहरु पक्राउ पर्न थालेका छन् । किशोरीको चरित्र वारे विभिन्न आरोप लगाउँदै युट्युवमा भिडियो बनाउने र सामाजिक सञ्जाल फेसवुकमा लेख्नेहरुलाई प्रहरीले पक्राउ गर्न थालेको हो ।

प्रहरीको साइबर ब्युरोले राहुल थापा र दिपु भन्ने विकास महर्जनलाई पक्राउ गरेको छ। राहुललाई युट्युबमार्फत नाबालिगको चरित्रबारे अस्वभाविक कुरा बोलेको आरोपमा पक्राउ गरिएको हो भने महर्जनले सामाजिक सञ्जाल फेसबुकमा जथाभावी लेखेका थिए । दुबै विरुद्ध विरुद्ध काठमाण्डौ जिल्ला अदालतबाट पाँच दिन हिरासतमा राख्ने म्याद लिएको ब्युरोका प्रवक्ता नवीन्द्र अर्यालले जानकारी दिए ।

ब्युरोका अनुसार थापा सेलेब्स नेपाल नामक युट्युबका सञ्चालक हुन् । उनले नाबालिग पीडितको मानमर्दन हुने सामाग्री प्रकाशन गरेको प्रहरीको दाबी छ। महर्जनमाथि नाबालिगको अ श्ली ल तस्बिर तथा स्ट्याटस फेसबुकमा अपलोड गरेको आरोप लागेको छ । प्रहरीले विभिन्न युट्युबमा पलको पक्षमा अन्तर्वार्ता दिँदै नाबालिग माथि विभिन्न लाच्छना लगाउने र नाबालिगको पक्षमा देखिएका कलाकारहरूका विरुद्ध पनि जथाभावी बोल्ने शर्मिला वाइबालाई समेत नियन्त्रणमा लिएको छ ।

तर उनीबारे भने ब्युरोले आधिकारिक रूपमा केही बोलेको छैन। प्रहरीले आधा दर्जन युट्युबहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । यसै घटनामा अनावश्यक रुपमा किशोरीको चरित्रमा औँला उठाउने हरी उदाशी पनि पक्राउ परेका छन् । उनले आफुलाई अभियन्ता दावी गर्छन । उनलाई प्रहरीको साइबर ब्यूरोको टोलीले पक्राउ गरेको हो । हरीले पनि विभिन्न युट्युब च्यानलमा अन्तर्वाता दिँदै नाबालिगकको चरित्रबारे अनावश्यक अभिव्यक्ति दिएपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनले यौ’ ‘न हिं’ ‘सा आरोपमा हाल तनहुँ प्रहरीको हिरासतमा रहेका अभिनेता पल शाहको पक्षमा युट्युब च्यानलमा आ’पत्ति’ज’न’क अ’भिव्यक्ति दिँदै पीडित भनिएको गायिकामाथि ज’थाभावी आरोप लगाएका थिए । उनी यसअघिदेखि नै वि’वा’दि’त पात्र हुन् । विभिन्न युट्युब च्यानलमा आफूलाई अभियन्ता भन्दै मनपरी अभिव्यक्ति दिएर उनी विवादमा आउने गरेका थिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x