१७ मंसिर २०८०, आईतवार

सार्वजनिक चासोको विषयमा पत्रकारिता तालिम शुरु

एसीपी संवाददाता

७ माघ २०७६, मंगलवार ११:०९ मा प्रकाशित


रजनी योगी
माघ ७, बाँके /
सार्वजनिक चासोको विषयमा सामुदायिक सञ्चारकर्मीहरुका लागि ३ दिने तालिम आज मंगलबारदेखि बाँकेको नेपालगञ्जमा शुरु भएको छ । पारस्परिक जवाफदेहिता परियोजना अन्तरगत अमेरिकी सहयोग नियोग (यूएसएआईडि) र एफ एच आई ३६० सहयोगमा इक्वेल एक्सेस इन्टरनेशनलको आयोजनामा तालिम शुरु भएको हो । तालिममा भूकम्प प्रभावित १४ जिल्ला र मध्य तथा सुदूरपश्चिमका २० जिल्ला गरी ३४ जना सामुदायिक सञ्चारकर्मीहरुको सहभागिता रहेको छ । तालिममा सार्वजनिक चासोका विषय, सार्वजनिक सेवा प्रवाह, सार्वजनिक निकायको जवाफदेहिता र यसमा आमसञ्चार माध्यम तथा सामुदायिक सञ्चारकर्मीहरुको भूमिका लगायतको विषयमा छलफल भैरहेको छ । तालिमको सहजीकरण इक्वेल एक्सेसका मिडिया म्यानेजर रजनी हुमागाईँ, सिनियर मिडिया अफिसर कमला पोख्रेल, सिनियर आउटरिच अफिसर आशिष वर्मा, प्रोग्राम अफिसर लक्ष्मी श्रेष्ठ, भिम बहादुर सार्की र सुनिता चौधरी रहनु भएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x