सिके रावत नेतृत्व पार्टीको संविधान दिवसमा बिरोध प्रदर्शन

पार्टीका १३ जना नेता कार्यकर्ता प्रहरीको नियन्त्रणमा
मनोज कुमार तमोली – ३ असोज, बाँके । सिके रावत नेतृत्वको जनमत पार्टी बाँकेद्वारा संविधान दिवसमा कालो झण्डा सहित सरकार खिलाप बिरोध प्रदर्शन गरेको छ ।
२०७५ सालमा स्थापना भएको जनमत पार्टी बाँकेले जिल्लाको जमुनहा सिमानाकामा नेपाल सरकार विरुद्ध नाराबाजी गर्दै संविधान दिवसमा कालो झण्डा सहित बिरोध प्रदर्शन गरेको हो ।
जनमत पार्टी बाँकेका जिल्ला इन्चार्ज इरफान शेषले तत्काल नेपाल-भारत सिमानाका खोल्न माग गर्दै नेपालको संविधानको असमर्थन जनाएका छन। उनले भने,”नेपालमा संविधान जारी भए देखि जनमत पार्टीले आफ्नो असहमति जनाउदै प्रत्येक वर्ष कालो दिवसको रुपमा बिरोध प्रदर्शन गर्दै आएको छ ।”
पार्टीका इन्चार्ज शेष लगायतका नेताले जिल्लाका सम्पुर्ण धार्मिक स्थल समेत खोल्न माग गर्दै नारावाजी सहित बिरोध गरेका हुन । सीमानाकामा आम जनतालाई दु:ख खेप्नु परेको छ भन्दै तत्काल सीमानाका खुल्नको लागी नेपाल सरकार संग माग गरेका हुन ।
यस अघि शुक्रबार पनि जनमत पार्टी बाँकेले गरेको माग सम्वोधन नभए विरोधका कार्यक्रम अघि सार्ने चेतावनी समेत दिएका थिए ।
बिरोध कार्यक्रमको कोर्णसभा सम्पन्न नहुँदै जिल्ला प्रहरी कार्यालय बाँके लगायत वडा प्रहरी कार्यालय नेपालगन्जको प्रहरी टोलिले पार्टीका इन्चार्ज शेष, अध्यक्ष रियाज अहमद शेष, विद्यार्थी जनमत संघमा अध्यक्ष रियाज अन्सारी सहित १३ जनालाई कोर्णसभा बाटै नियन्त्रणमा लिएको छ ।
यस बारेमा जिल्ला प्रहरी कार्यालय बाँके संग सोधपुछ गर्दा,”हामी यस बारेमा थप अनुसन्धानका क्रममा छाै, केही बेरमै आवस्यक सुचना दिने छाै” जनाएको हो ।



