स्थानिय तहमा मानव अधिकार प्रबर्द्धन कार्यान्वयन विषयक अभिमुखीकरण कार्यक्रम

नेपालगन्ज बाँके, पुस १२

शनिबार निर्वाचित जनप्रतिनिधी र स्थानिय कर्मचारीहरुको जिम्मेवारी, भुमिका र मानवअधिकर मापदण्ड विषयक अभिमुखिकरण कार्यक्रम भएको छ ।
युएईडि,आइ एच आर सि, एफ एच आइ ३६०, डुडुवा गाउँ पालिका बाँकेको सहकार्य आयोजनामा स्थानिय तहमा मानवाधिकार प्रबर्द्धन तथा कार्यान्वयन बिषयक कार्यक्रम भएको छ ।
पारस्परिक जवाफ देहिता परियोजना मानव अधिकार सुदृढीकरण भन्ने मुलनाराका साथ कार्यक्रमका सन्चालक वकिल प्रभाकर भट्टराईले मानव अधिकार सम्बन्धि प्रमुख अन्तर्राष्ट्रिय र मानव अधिकारको प्रकारहरु, कानुनी शासन, व्यापक जनसहभागिता, नागरिक वडा पत्रको कार्यान्वयन बिषयकमा रहि सो विषयक व्याख्या गरेका हुन । उहाँले मानव अधिकार बारे २० वटा बिद्यालयहरु का ९,१०,११ र १२ कक्षाका बिद्यार्थिलाई शिक्षण गरेको कुरा पनि बताउनु भयो । नेपालका ७५३ पालिका मध्य जम्मा ६ वटा जिल्लाको पालिका कैलाली, बाँके, सुर्खेत र अछामका शिक्षा र मनव अधिकार लागु भएको कुरा पनि बताउनु भयो ।
कार्यक्रममा वकिल प्रभाकर भट्टराई, वकिल बिश्वजित तिवारी, कृष्णशार एफ एमका राकेश मिश्र,स्थानीय तहका जनप्रतिनिधि, पत्रकार, समाज सेविहरुको उपस्थिति रहि कार्यक्रमको कार्यान्वयन भएको हो ।
