हमासका आतंककारी नस्ट पार्न इजरायलको हमला , सर्बसाधारण पनि मर्दै

इजरायलले आफ्नो देशमा भएको आतंककारी गतिविधि पछि हमासको आतंककारीलाई मार्ने गाजामा गरेको आक्रमणमा ५ हजार ७ सय बढीको मृत्यु भएको छ । जसमध्ये आधा बालबालिका रहेका छन् ।
गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ यता इजरेल हवाई हमलामा ५ हजार ७ सय भन्दा बढी मानिस मारिएको र तीमध्ये आधा बालबालिका रहेको बताएको छ ।
यता हमासको आक्रमणमा १ हजार ४०० भन्दा बढी इजरेल नागरिकको मृत्यु भएको छ । भने २५० जना भन्दा बढीलाई अपहरण गरि कब्जा राखेको छ । आफ्नो माङ मनाउने भन्दै ईजरायलका सर्बसाधारनलाई अपहरण गरेको हो ।
विश्व स्वास्थ्य सङ्गठनले इन्धन अभावका कारण गाजाका ६ वटा अस्पताल बन्द गर्नुपरेको जनाएको छ ।
अर्कोतर्फ, इजरेल सेनाले गाजामा केही पर्चाहरू खसालेको छ। जसमा आफ्नो र आफ्ना बालबालिकाको राम्रो भविष्य चाहना भए बन्धकहरूको बारेमा जानकारी दिन भनिएको छ । जानकारी दिएमा सुरक्षा र धन समेत दिने इजरायलले भनेको छ । आतंककारी समुह हमासले इजरायल नागरिक सहित थुप्रै आम जनाताको अपहरण गरि कब्जा राखेको छ ।
डब्ल्यूएचओका अनुसार, हजारौँ मानिसहरू गाजाका अस्पतालहरूमा डायलासिसमा छन् । जसमध्ये १३० भर्खर जन्मिएका बच्चाहरू छन्।