१४ मंसिर २०८३, आईतवार
हिन्दु सम्राट नेपालद्वारा हिन्दु बिरोधि गतिबिधी बन्द गर भन्दै ज्ञापनपत्र
महोत्तरी जिल्ला जलेश्वर न. पा. १ स्थित महादेव मन्दिर अगाडि बाट हिन्दु सम्राट नेपाल शाखा महोत्तरीको आयोजनामा हिन्दु सम्राट सेना नेपालको महोत्तरी जिल्ला अध्यक्ष बिजय भण्डारिको नेतृत्वमा करिब ६० जनाको संख्यामा भेला जम्मा भई महोत्तरी जिल्लाको लोहारपट्टि नगरपालिका वडा नं ३ महदैयामा हिन्दू देवि देवताको मुर्तिलाई क्षति पुगाउने र हिन्दु समाज माथी संयोजित रूपमा घात गर्ने लाई अबिलम्ब कार्वाही होस भन्ने माग राखी बिरोध र्याली जलेश्वर बजार परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयको गेटमा आई दोषिलाई कार्वाही गर ।
हिन्दु बिरोधि तन्त्र मुर्दावाद,
हिन्दु राष्ट्र कायम गर,हिन्दु माथिको दमन सोसन बन्द गर जस्ता नारा लगाई १२:३० बजेको समयमा प्रमुख जिल्ला अधिकारीको कक्षमा गई प्रमुख जिल्ला अध्यक्ष दिपक कुमार पहाडी लाई ज्ञापन पत्र बुझाएको ।
Subscribe
Login
0 Comments


