१२औँ धारा नेपालगन्ज म्याराथनका खेलाडीलाई इरफान जसगढको शुभकामना
नेपालगन्ज मसिर १२ गते — ‘१२औँ धारा नेपालगन्ज म्याराथन’ मा सहभागी हुने सम्पूर्ण धावक तथा खेलाडीहरूको सफलताको कामना गर्दै नेपालगन्ज उपमहानगरपालिका वडा नं. ११ निवासी मोहम्मद इरफान जसगढले हार्दिक अग्रिम शुभकामना व्यक्त गर्नुभएको छ।
म्याराथनमा सहभागी हुने खेलाडीहरूको हौसला अभिवृद्धि गर्ने उद्देश्यले शुभकामना सन्देश जारी गर्दै जसगढले खेलकुदले व्यक्तिको शारीरिक तथा मानसिक स्वास्थ्यसँगै अनुशासन, आत्मविश्वास, आपसी एकता र सामाजिक सद्भाव प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ।
उहाँले भन्नुभयो, “खेलकुद केवल प्रतिस्पर्धा मात्र होइन, यो अनुशासन, मेहनत, आत्मविश्वास र एकताको प्रतीक पनि हो। यस्ता प्रतियोगिताले युवाहरूलाई सकारात्मक बाटोमा अघि बढ्न प्रेरित गर्नुका साथै स्वस्थ र सभ्य समाज निर्माणमा सहयोग पुर्याउँछन्।
” जसगढले प्रतियोगितामा सहभागी हुने सम्पूर्ण धावक तथा खेलाडीहरूलाई उच्च खेल भावना प्रदर्शन गर्दै उत्कृष्ट नतिजा हासिल गर्न र आफ्नो लक्ष्य प्राप्त गर्न सफलता मिलोस् भन्ने कामना गर्नुभएको छ।
त्यसैगरी, खेलाडीहरूको निरन्तर मेहनत, लगनशीलता र समर्पणको प्रशंसा गर्दै उहाँले नेपालगन्ज म्याराथनले स्थानीय खेलकुदको विकास, प्रतिभावान खेलाडीको पहिचान तथा राष्ट्रियस्तरमा नेपालगन्जको गरिमा बढाउन महत्त्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ।
अन्त्यमा उहाँले प्रतियोगितालाई सफल बनाउन आयोजक, सहयोगी संस्था, स्वयंसेवक तथा खेलप्रेमी सबैलाई शुभकामना दिँदै सम्पूर्ण खेलाडीहरूको उज्ज्वल खेल जीवनको कामना गर्नुभएको छ।


