३ आश्विन २०८३, शनिबार

अक्षय अभिनीत चलचित्र ‘बेल बटम’माथि तीन मुस्लिम देशको प्रतिबन्ध

एसीपी संवाददाता

११ भाद्र २०७८, शुक्रबार १२:५८ मा प्रकाशित

अक्षय कुमार अभिनीत बलिउड चलचित्र ‘बेल बटम’माथि तीन मुस्लिम देशले प्रतिबन्ध लगाएका छन्। चलचित्रमा सत्यतथ्यलाई तोडेर देखाइएको भन्दै साउदी अरब, कुवेत र कतारले प्रदर्शनमा रोक लगाएका हुन्। यो चलचित्रमा प्लेन हाईज्याक गर्ने र गराउने बारेमा पत्ता लगाई कार्यवाही गरेको छ ।

‘चलचित्रमा ऐतिहासिक तथ्यलाई तोडमोड गरिएको भन्दै यी देशहरूले चलचित्र प्रदर्शनमा रोक लगाएका हुन्,’ भारतको फिल्म सर्टिफिकेसन अथोरिटीले भनेको छ।

यो चलचित्रको कथा सन् १९८४ मा भएको विमान अपहरणको घटनामा आधारित रहेको बताइएको छ। चलचित्रमा अपहरणकारीको समेत नाम सहित पहिचान गरि भारत ल्याएको देखाएको छ । चलचित्रमा मुख्य तथ्यलाई तोडमोड गरिएको यी तीन देशको आरोप छ। घटनामा अधारित पात्रहरुका भुमिका निकै राम्रो तत्कालीन प्रधानमन्त्री ईन्दिरा गान्धी समेत आफ्नो सुरक्षा एजेन्सीहरुले बिश्वका जस्तो देशसङ सामना गर्ने साहस भएको फिल्म देखैइएको छ । सुरक्षा एजेन्सीहरु कहिले हार नमान्ने गरेको प्रमाणिात गरेको देखाएईको छ । यो चलचित्रमा भारतको जुन सुरक्षा एजेन्सीको नाम भनिएको त्यो कहिले पनि सामुन्ने नदेखिने तर भारतको सुरक्षामा सबैभन्दा बढी बिश्वासिलो निकाय रहेको भुमिकामा अक्षय कुमारलाई प्रस्तुत गरेको छ ।

कोरोना महामारीबीच हलमै प्रदर्शन गरिएको यो चलचित्रको व्यापार भने सन्तोषजनक छैन। १९ सेप्टेम्बरदेखि प्रदर्शनमा आएको चलचित्रले चौथो दिनसम्म १३ करोड ४५ लाख भारुबराबरको व्यापार गरेको छ। एजेन्सी न्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x