२८ आश्विन २०८३, बुधबार

अन्तिम खेलमा पनि जित

एसीपी संवाददाता

२८ फाल्गुन २०७७, शुक्रबार ०४:०१ मा प्रकाशित

दुई खेल अगाबै च्याम्पियन बनिसकेको सातदोबाटो युथ क्लबले सहिद स्मारक ’बी’ डिभिजन लिग फुटबलको आफ्नो अन्तिम  खेलमा पनि जित निकालेको छ ।

बिहीबार भएको अन्तिम खेलमा सातदोबाटोले रानीपोखरी कर्नर टिम आरसिटीलाई १–० गोल अन्तरले पराजित गरेको हो । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सातदोबाटोलाई जित दिलाउन माल्डिना आङथुपुले निर्णायक गोल गरे । आङथुपुले खेलको ६७ औं मिनेटमा गोल गरेका थिए । यस जितसँगै सातदोबाटोले लिगको सुखद अन्त्य गरेको छ । र, सातदोबाटो ’ए’ डिभिजन लिगमा उक्लिएको छ । सातदोबाटोले दोस्रो स्थानको खुमलटार युथ क्लबलाई ३ अंकले पछि पार्दै उपाधि हात पारेको हो । च्याम्पियन बन्ने क्रममा सातदोबाटोले ११ खेलमा २८ अंक जोड्यो । खुमलटारले २५ अंक रह्यो ।

आरसिटीले १३ अंक जोडेर नवौं स्थानमा रहेर लिगको अन्त्य गरेको छ ।

यस्तै बिहीबार नै भएको अन्तिम खेलमा मध्यपुरले सखेल युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गर्यो । लिगबाट पुल्चोक स्पोर्ट्स क्लब ’सी’ डिभिजनमा घटुवा भईसकेको छ । उपाधिसँगै सातदोबाटोले १५ लाख रुपैयाँ हात पारेको छ । दोस्रो स्थानमा रहेको खुमलटारले १० लाख रुपैयाँ प्राप्त गर्दा तेस्रो भएको बाँसबारीले ८ लाख र चौंथो भएको ब्वाइज युनियनले ५ लाख हात पारेका छन् । खुमलटार युथ क्लबका सबिन केसी उत्कृष्ट फरवार्ड चुनिएका छन् । यस्तै च्याम्पियन टिम सातदोबाटोका दिनेश राई उत्कृष्ट मिडफिल्डर चुनिएका छन् । त्यस्तै बाँसबारीका शिव गुरुङ उत्कृष्ट डिफेन्डर बन्द खुमलटारका अन्जल श्रेष्ठ उत्कृष्ट गोलकिपर चुनिए । सातदोबाटोका सनोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्ट हुने सबैले जनही २५ हजार प्राप्त गरे । प्रतियोगिताको फेयर प्ले अवार्ड ब्वाइज युनियनले प्राप्त गर्यो ।

विजेता टोलीलाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन, अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले पुरस्कृत गरे ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x