१४ मंसिर २०८३, आईतवार

‘ड्रिमर अफ नेपालगन्ज’ पूर्व मेयर विजय गुप्ता

एसीपी संवाददाता

२४ जेष्ठ २०७९, मंगलवार ००:३४ मा प्रकाशित

बसन्त कुमार उपाध्याय 

स्थानीय तह निर्वाचन सम्पन्न भयो ।जन-प्रतिनिधिहरु बदलिए कति त दोहोरिय पनि ।
तर नगरवासीका अधिकाशं चाहना र ईच्छा भने पुरानै छन् । उहि ढल,सडक,फोहोर,ट्राफिक,सडक बत्ति……आदी ईत्यादी ।
सेवा र सुविधाका हिसावले नेपालगन्ज उप-महानगर कति सक्षम छ त्यो बेग्लै बहसको विषय हुन सक्छ ।

नेपालगन्ज उप-महानगरपालिका देशको नाम जोडिएको एक मात्र शहर हो । नेपालगन्ज नगरपालिका हुँदाका पूर्व मेयर विजय गुप्ताको ‘ड्रिम अफ नेपालगन्ज’ कस्तो थियो त भनेर सोध्दा उनि भन्छन-‘शहरको बाहिरी भागमा रिङ्गरोडको निर्माण गरी सांस्कृतिक रुपमा नेपालगन्जको सभ्यता झल्काउनेगरी ब्यवस्थित बसोवास मिलाउन सके मात्रै नेपालगन्ज ऐतिहांसिकता झल्कने शहर बन्छ ।’ गुप्ता थप्छन -‘नेपालगन्ज त गेट वे टू नेपाल हो नि ।’ उनको नजरमा त नेपालगन्ज आर्थिक गतिविधिको केन्द्र हुन सक्नुपर्थ्यो ।

साविकको मध्य तथा सुदूर पश्चिम क्षेत्रकालागि शैक्षिक हब,स्वास्थ्य उपचारका लागी गरिवले उपचार गराउन सक्ने सुविधा सम्पन्न अस्पताल सहित काठमाडौं पछीको दोश्रो विमान स्थल उहाँको ‘नेपालगन्ज ड्रिम’ थियो ।

आँफु मेयर हुँदाका दिन सम्झदै पूर्व मेयर गुप्ता भन्नछन-‘जनताको सहभागिताबाट ल्याण्ड पुलिङ्गको योजना अघि बढाएका थियौं,थप कार्यक्रमका लागी प्रयासरत थिएँ,कति काम भएका पनि थिए । तर ०५१ को राजनीतिक तरलता र पछी सशश्त्र युद्धले सुन्दर नगर बनाउने सपनाहरु अधुरा रहे ।
०४९सालमा नेपाली कांग्रेसको तर्फबाट मेयर भईसकेका गुप्ताले बी.पी.कोईराला अन्ताराष्ट्रिय विमान स्थल काठमाडौं पछीको दोश्रो अन्तराष्ट्रिय विमानस्थल नेपालगन्जमा बन्ने प्रक्रिया पनि शुरु भईसकेको स्मरण गरे । ०४९साल तिरै हो जिल्ला विकास समितिमा आयोजित सर्वपक्षिय बैठकमा अन्ताष्ट्रिय विमानस्थल बनाउने विषयमा आबश्यक निर्णय गर्न ‘माईन्युट’ नै भएको थियो । रेकर्डमा छ,अहिले पुर्वमा बन्ने भनिएको अन्तराष्ट्रिय विमान स्थलको विवाद छ । नेपालगन्ज त उतिबेलै तयार थियो । गुप्ता सम्झन्छन -‘त्यतिबेला नागरिक उड्ययन मन्त्री थिए रामहरी जोशि ।’

पुर्व मेयर गुप्ता नेपालगन्ज शहरका विषयमा उत्साहित हुँदै प्रतिप्रश्न गर्छन-‘हू ईज द ड्रिमर,हू ड्रिम्स द ड्रिम ।’ जसलाई आफ्नो मटोसँग आफ्ना जनतासँग प्रेम छ उसैले आफ्नो ठाउँ आफ्नो गाउँ,आफ्नो शहर सुन्दर बनाउँछ । नेपालगन्जको विकास जति हुनुपर्थ्यो त्यति हुन नसकेकोमा पुर्वमेयर गुप्ताको केन्द्रका शासक प्रति आक्रोस पनि छ । अवधि,अँग्रेजी र नेपाली भाषा मिसाउँदै उनि भन्छन-‘शासकहरुले नेपालगन्जसँग अधिकार खोसेका छन् ।’

आँफु त एक्सिडेन्टल मेयर भईयो । गुप्ता सम्झन्छन वास्तवमा मेयरको आकाङ्क्षी उनि थिएनन । बरु उनका पीता जी पन्नालाल गुप्त ‘चाचा जी’ र सर्वज्ञमान श्रेष्ठ मेयरका दावेदार थिए । परिस्थितिवस आँफु मेयरको उम्मेद्वार भएको सम्झना गरे । उनि भन्छन त्यो च्याप्टर क्लोज्ड भईसक्यो । पुर्व मेयर गुप्ताकै अगुवाईमा नेपालगन्जको न्यू रोड पनि निर्माण भयो ।

२५ सेप्टेम्बर १९५२मा नेपालगन्जमा जन्मिएका पुर्व मेयर गुप्ता कानुन ब्यवसायी पनि हुन । कुनै बेला न्यायधिश पद अस्विकार गरेर चर्चा कमाएका गुप्ता बि.पी.कोईराला २०३३सालमा नेपाल फर्किएसँगै उनिबाट प्रभावित थिए ।

नेपाल ल क्याम्स काठमाडौंबाट कानुनमा स्नातक गरेका गुप्ता ०४२ सालको सत्याग्रह ताका सुर्खेतमा गिरफ्तार भएका
थिए । २०४६को पुष १ गते उनि फेरी गिरफ्तार भए ।जनआन्दोलन उत्कर्षमा पुगेपछी मात्रै उनि रिहा भए ।

पछिल्लो दशक उनि नेपाली कांग्रेसबाट अलग्गिएर मधेश केन्द्रित राजनीतिक गतिविधिमा लागे । तर भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनको संघारमा उनि मधेश केन्द्रित पार्टीगत राजनीतिबाट अलग भएको घोषणा गरेर न्युट्रल बसेकाछन् ।

यतिबेला नेपालगन्जका पुर्व मेयर गुप्ता भ्रष्ट्राचार विरोधि गतिविध,सदाचार,सुशासन र न्यायका पक्षमा जनसरोकारका विषयमा वकालत गरिरहेकाछन् । पुर्व मेयर गुप्ता अँझै जनसेवा मै समर्पित हुन चाहन्छन । नेपालगन्जका लागी उनि अँझै सपना देख्छन कि नेपालगन्ज हराभरा,सभ्य र सुन्दर शहर बनोस । वास्तवमा ‘ड्रिमर अफ नेपालगन्ज’ हुँ भन्छन पूर्व मेयर विजय गुप्ता आँफुलाई ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x