१४ मंसिर २०८३, आईतवार

अमेरिकी सहायक विदेशमन्त्री आज नेपाल आउँदै

एसीपी संवाददाता

२९ असार २०८०, शुक्रबार ०९:५१ मा प्रकाशित

नेपालले एमसीसी परियोजनाको लागि आफ्नो तर्फबाट १३ करोड डलर अर्थात् करिब १७ अर्ब रुपैयाँ लगानी गर्नुपर्ने समझदारीपत्रमा उल्लेख छ।

एमसीए नेपालका अनुसार एमसीसी परियोजनामा अहिलेसम्म दुई अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ। उक्त रकम, सम्भाव्यता अध्ययन, डिटेल डिजाइन, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए), उपकरण खरिद, सवारीसाधन खरिद,  कर्मचारीको तलब र कार्यालय व्यवस्थापनलगायतमा रकम खर्चिएको एमसीए नेपालका एक सदस्यले जानकारी दिए।

नेपाल भ्रमणका क्रममा मन्त्री डोनाल्डले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र परराष्ट्रमन्त्री एनपी साउदलगायत नेपाल सरकारका विशिष्ट अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। लूले अमेरिकन चेम्बर अफ कमर्सका एक सदस्य संस्थाका प्रतिनिधिसँग पनि भेट्ने नेपालस्थित अमेरिकाको राजदूतावासले जनाएको छ।

लू केही दिनदेखि भारत, बंगलादेश र श्रीलंकाको भ्रमणमा निस्केका हुन्। सोही क्रममा उनी नेपाल आउन लागेका हुन्। लू यसअघि दुई पटक नेपाल आइसकेका छन्। २०७९ असारमा नेपाल सरकारले अमेरिकी कार्यक्रम एसपीपी (स्टेट पाटर्नरसिप प्रोग्राम) लाई अघि नबढाउने निर्णय गरेपछि लू नेपाल आएका थिए। २०७९ साउन १२ गते पनि तीन दिनका लागि नेपाल आएका थिए। नेपालमा ऊर्जा र पूर्वाधार विकासका लागि अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसद्बाट अनुमोदन गराउनु केही महिनाअघि पनि लू नेपाल आएका थिए।

सहायक विदेशमन्त्री लू दक्षिण तथा मध्य एसिया मामिलामा दक्खल राख्ने अमेरिकी कूटनीतिज्ञका रूपमा पनि  परिचित छन् । उनी २०७८ भदौ ३० मा दक्षिण तथा मध्य एसिया मामिला हेर्ने सहायक विदेशमन्त्री नियुक्त भएका थिए। त्यसअघि लू कीर्गिस्तान र अल्बानियाका लागि राजदूत थिए। ३० वर्षभन्दा बढी अमेरिकी कूटनीतिक सेवामा काम गरेका लू भारत र पाकिस्तानस्थित अमेरिकी दूतावास र पाकिस्तानस्थित अमेरिकी दूतावासमा काम गरेको अनुभव छ। दिल्लीमा उनले उपनियोग र मध्य एसिया तथा दक्षिण एसिया काकेसस मामिला कार्यालयमा उपनिर्देशकको जिम्मेवारी सम्हालेको अनुभव लूसँग छ। आमनिर्वाचनपछि प्रचण्ड नेतृत्वको सरकार बनेपछि अमेरिकाबाट विशिष्ट श्रेणीको भ्रमण हुन लागेको यो चौथो पटक हो। अन्नपूर्णपोस्ट

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x