१२ असार २०८३, शुक्रबार
अर्थमन्त्री डा. युवराज खतिवडाले दिए राजिनामा

अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजिनामा दिनुभएको छ ।
उहाँले प्रधानमन्त्री केपीशर्मा ओलीलाई राजिनामा बुझाउनुभएको हो । अर्थ, सूचना तथा सञ्चारमन्त्री डा युवराज खतिवडाले सरकार बाहिर रहेर पनि मुलुकको हित, राष्ट्रिय बिकास लगाएतमा आफु लागिरहने बताउनुभएको छ । मन्त्री खतिवडाले आफु सदैव मुलुकको हित र जनताको हितका लागि लागिरहने बताउनुभएको हो । राष्ट्रिय हितमा काम गर्दा कसैको चित्त दुखेको भए आफु व्यक्तिगत अभिष्ट पुरा गर्न नभइ राष्ट्रका लागि गरेको भनेर बुझिदिन उहाले आग्रह गर्नुभयो । उहाले पदमा रहदा वा नरहदा पनि व्यक्तिगत स्वार्थमा नलाग्ने स्पष्ट पार्नुभयो । उहाले धेरै अनुभव संगालेर सरकारबाट बिदा हुन लागेको बताउनुभयो ।
Subscribe
Login
0 Comments



