३२ असार २०८३, बिहीबार

आइडियल पब्लिक सेकेन्डरी स्कुलमा मन्त्री सहित टोलिको भ्रमण

एसीपी संवाददाता

२१ बैशाख २०८२, आईतवार १२:१३ मा प्रकाशित

नेपालगन्ज –  आइडियल पब्लिक सेकेन्डरी स्कूलमा शिक्षा सम्बन्धित निकायका केही प्रभुत्व ब्याक्तिहरुले भ्रमण गर्नु भएको छ ।

बिहिवार विद्यालयले दिएको जानकारी अनुसार आइडियल पब्लिक सेकेन्डरी स्कूलमा एक विशिष्ट टोलीको भ्रमण भएको हो र विद्यालय प्रधानाचार्य र शिक्षकहरुले स्वागत गरेका हुन । लुम्बिनी प्रदेशका जन्मजय तिमिल्सेना, माननीय शिक्षा तथा सामाजिक विकास मन्त्री भ्रमणले स्कुललाई थप हौसला प्रदान गरेको विद्यालय ब्यवस्थापन समितिले जनाएको छ ।
भ्रमणका क्रममा मोहम्मद नकी खान, उपाध्यक्ष, नेपाल मदरसा बोर्ड सगीर अहमद खान, सदस्य, नेपाल मदरसा बोर्ड , अब्दुल मबुद खान, सदस्य, नेपाल मदरसा बोर्ड को उपस्थिति रहेको थियोे । सो अवसरमा मदरसा बोर्डका सदस्यहरु माननीय मन्त्री समछ आफ्नो जिज्ञासा् राख्नु भयो । विद्यालयलाई थप सहयोग गरेर मुस्लिम समुदायका बालबालिकाको उतशास बढने बताएका हुन । सो भ्रमण कार्यक्रमलाई सम्बोधन गर्दै माननीय मन्त्रीले प्रदेश सरकार बाट हुने सेवा सुविधाको पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

उनीहरूले हाम्रो समाजमा शिक्षाको विकास र इस्लामिक शिक्षाको अभिवृद्धिको बारेमा विद्यालय व्यवस्थापन समिति र भ्रमण टोली बिच छलफल भएको थियोे ।

विद्यालयले उक्त भ्रमण मा आएका अथितीको स्वागत गर्न पाएकोमा र माननीय मन्त्री जि सहितभ्रमण टोलिको बहुमूल्य भ्रमण र शैक्षिक प्रगतिमा निरन्तर सहयोगको लागि आभारी रहने जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x