१६ भाद्र २०८३, मंगलवार

भोटेकोशी बाढीपीडितका लागि सुनाखरी रेष्टुरेन्टको ५१ हजार सहयोग प्रबन्ध निर्देशक घनश्याम शर्माद्वारा राहत कोषमा रकम जम्मा

एसीपी संवाददाता

१६ भाद्र २०८३, मंगलवार २०:४४ मा प्रकाशित

दिनेश ठाकुर, नेपालगञ्ज, भदौ १६ गते — भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा पीडित परिवारको राहत र उद्धारका लागि नेपालगञ्जस्थित सुनाखरी रेष्टुरेन्ट प्रालि. ले ५१ हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ।

सुनाखरी रेष्टुरेन्टका प्रबन्ध निर्देशक घनश्याम शर्माले बाढीपीडितको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले ५१ हजार रुपैयाँ नेपाल सरकारको राहत कोषमा जम्मा गर्नुभएको हो।

शर्माका अनुसार उक्त रकम बैंक खातामार्फत राहत कोषमा जम्मा गरी त्यसको बैंक भौचर जिल्ला प्रशासन कार्यालयलाई समेत उपलब्ध गराइएको छ।

सहयोग गर्दै प्रबन्ध निर्देशक शर्माले देश ठूलो विपद् र पीडाको अवस्थामा रहेका बेला बाढीबाट प्रभावित नागरिकको दुःखमा आफू पनि सहभागी हुन सहयोग गरेको बताउनुभयो। उहाँले विपद्को समयमा पीडित परिवारलाई राहत तथा पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सक्दो सहयोग र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभयो।

“विपद्को समयमा पीडितको साथमा उभिनु सबैको सामाजिक दायित्व हो,” शर्माले भन्नुभयो, “आफ्नो क्षमताअनुसार गरिएको सानो सहयोगले पनि पीडित परिवारको दुःखमा केही राहत पुर्‍याउन सक्छ।”

सुनाखरी रेष्टुरेन्ट प्रालिले सामाजिक उत्तरदायित्वअन्तर्गत यसअघि पनि विभिन्न सामाजिक तथा मानवीय कार्यमा सहयोग गर्दै आएको जनाएको छ। पछिल्लो ५१ हजार रुपैयाँको सहयोगले भोटेकोशी बाढीबाट प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा केही भए पनि टेवा पुग्ने अपेक्षा गरिएको छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x