१४ मंसिर २०८३, आईतवार
आचार्यको लोकप्रियता बढदै घरदैलो अभियान तीब्र
नेपाली काँग्रेसको तर्फबाट कोहलपुर नगरपालिकाको नगर प्रमुख पदका उम्मेदवार पूर्णप्रसाद आचार्य र उपप्रमुख पदका उम्मेदवार संगीता सुवेदी चुनावी घरदैलोका लागि आज कोहलपुर नगरपालिका एक कौशिल्या नगर पुगेका छन् ।
आफ्नो चुनावी अभियानलाई तीब्रता दिएका आचार्य र सुवेदीले त्यसक्षेत्रका स्थानीयबासीको समस्या बुझ्दैै त्यसको सम्वोधनको प्रतिबद्धता जनाएका छन् । युवा अनुहारलाई देखेपछि स्थानिय मतदाता पनि उत्साहित देखिएका छन् । उनीहरुले शिक्षा, स्वास्थ्य, रोजगारीलगायतका समस्या सुनाएका थिए । ति समस्या समाधान गर्ने युवा पुस्तालाई आफुहरुले मत दिने प्रतिबद्धता जनाएका छन् ।
उनीहरुले कोहलपुर नगरपालिकाको विकासका लागि युवा पुस्ताको विकल्प नभएको समेत बताएका छन् । सम्बद्ध र विकसित कोहलपुर नगरपालिकाकालाई सार्थक पार्न काँग्रेसलाई जिताउन आचार्य र सुवेदीले आग्रह गरेकी छिन् ।
Subscribe
Login
0 Comments


