४ आश्विन २०८३, आईतवार

आफन्तको नजिक हुन नसक्ने रहर देखेको छु

एसीपी संवाददाता

२२ बैशाख २०७८, बुधबार १०:३४ मा प्रकाशित

  • अमर बहादुर माझी मैले मान्छेले मान्छेलाई नछुने शहर देखेको छु ।
    आफन्तको नजिक हुन नसक्ने रहर देखेको छु ।
    भाग्नुपर्ने मानव बाट नै ज्यान जोगाउन,
    मैले वायु, पानी अनी रविमा जहर देखेको छु ।
    घर, गाउँ समाज अनी ठुला- ठूला महल बने,
    फेरि मान्छे गाउ तर्फ भागेको लहर देखेको छु ।
    दिनलाई रात, रातलाई दिन बनाउन सक्ने मानवमा,
    असफल विज्ञान अनि मानवको खण्डहर देखेको छु ।
    हे मानव प्रकृति प्रकृति नै हो यसलाई बदल्न सकिँदैन,
    लाशले भरिएको खोला किनार अनी नहर देखेको छु ।
    मैले मान्छेले मान्छेलाई नछुने शहर देखेको छु ।
    आफन्तको नजिक हुन नसक्ने रहर देखेको छु ।
0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x